नेपाल असल कृषि अभ्यासको लोगो सार्वजनिक

काठमाडौं –

कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले नेपाल असल कृषि अभ्यासको आधिकारिक लोगो सार्वजनिक गर्नुभएको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर लोगो सार्वजनिक गर्दै कृषि मन्त्री खनालले असल कृषि अभ्यास अहिले सान्दर्भिक नभएको भन्दै आफनो देश अनुकूल ल्याउने गरेको बताउनुभयो । उहाले वास्तविक रुपमा नै असल कृषि अभ्यासलाई कार्यान्वयन गर्ने हो भने कृषि विकास मन्त्रालयले कृषि उत्पादनका लागि दिएका अनुदान कार्यक्रममा यसलाई जोड्नु पर्ने बताउनुभयो ।

असल कृषि अभ्यास कार्यान्वयनका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रयत्न गर्ने बताउँदै मन्त्री खनालले बजारीकरणमा लागि यो अभ्यास गर्नु उपयुक्त भएको समेत बताउनुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा युवकध्वज जीसीले नेपाली किसानहरुले विगतदेखि नै आफूले उत्पादन गरेको कृषि उपजको पहिचान खोजेको र त्यो पहिचान अव प्राप्त भएको बताउनुभयो । उहाले विगत लामो समयदेखि नेपाली किसानहरुले आएपिएम प्रविधि मार्फत कृषि उत्पादन गर्दै आईरहेकोले सो प्रविधि र अर्गानिक कृषि नै असल कृषि अभ्यास भएको चर्चा गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here