spot_img

फ्यानद्वारा आयोजित गोदावरी फूलको प्रदर्शनीमा लिएको लक्ष्यभन्दा बढीको कारोबार

काठमाडौँ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)द्वारा आयोजित गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा लिएको लक्ष्यभन्दा बढीको कारोबार भएको छ । शुक्रबारदेखि ललितपुरको जावलाखेलस्थित खेल मैदानमा सुरु भएको १३औँ पुष्प मेलामा साढे ५६ लाख रुपियाँको कारोबार भएको छ ।

चार दिनसम्म चल्ने मेलामा ५० लाखको कारोबार गर्ने लक्ष्य लिएको थियो तर आइतबार तेस्रो दिनमा नै साढे ५६ लाख रुपियाँको कारोबार भएको फ्यानका महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

पहिलो दिन छ हजार पाँच सय जनाले अवलोकन गरेका थिए भने १२ लाख रुपियाँको कारोबार भएको थियोे । शनिबार १५ हजारले अवलोकन गरेका थिए, जसमा २५ लाख रुपियाँ बराबरको कारोबार भएको थियो भने आइतबार १० हजारले मेला अवलोकन गरेका थिए भने साढे १९ लाख रुपियाँको कारोबार भएको महासचिव पोखरेलले जानकारी दिनुभयो । सोमबार अन्तिम दिन कारोबार झनै बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

1 COMMENT

Comments are closed.

ताजा समाचार

सम्बन्धित समाचार