काठमाडौं । बागमती प्रदेशको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि ज्ञान केन्द्रले कृषिक्षेत्रको प्रबर्द्धनका लागि २ सय ८५ कृषकलाई अनुदान दिएको छ । किसानलाई कृषि क्षेत्रमा प्रोत्साहित गर्न कृषि ज्ञान केन्द्र ललितपुरले काठमाडौँ, भक्तपुर र ललितपुरका तीन जिल्लाका २ सय ८५ किसानलाई अनुदान दिएका हाे ।
यसअघि पनि आर्थिक वर्ष २०७६/०७७ मा केन्द्रले १ सय ८५ किसानलाई अनुदान दिएको थियाे ।
कृषि ज्ञान केन्द्रका कृषि अधिकृत बुद्धि श्रेष्ठ किसानलाई प्रोत्साहित गर्न र युवा वर्गलाई कृषिमा आकर्षण गर्न कृषि अनुदान दिने गरेको बताउँछन् । उनी भन्छन् ‘कृषिसम्बन्धी विभिन्न व्यवसायीक खेती च्याउ, तरकारी, फूल तथा फलफूल खेती गर्दै आएका किसानलाई अनुदान दिने गरेका छाैँ ।’ किसानलाई फार्मको स्थापना र सञ्चालनका लागि आवश्यक प्रविधिका लागि सहयोग र सिताके च्याउको लागि बाँसको टनेल, सिताके च्याउ उत्पादनको लागि मुडा, फलाकको नर्सरी घर निर्माण, फूको वेर्ना खरिद, थोपा सिचाईका लागि केन्द्रले किसानलाई अनुदान दिने गरेकाे छ ।
केन्द्रले नमुना कृषि फार्म स्थापना र सञ्चालनका लागि कृषि पर्यटन प्रवर्द्धन कार्यक्रम, उपत्यका प्राङ्गरिक खेती प्रवर्द्धन कार्यक्रम, अभियान मुखि फलफुल बृक्षारोपण कार्यक्रम, किबी थाङ्का अनुदान, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना पकेट, ब्लक कार्यक्रक, चिया कफिमा प्रशोधन सहयोग, नमुना कृषि फार्म स्थापनाको लागि सहयोग लगायतका कार्यक्रम गर्दै आएको छ ।
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.
Your article helped me a lot, is there any more related content? Thanks!
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.