मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्याे

मस्र्याङ्दी नदीमा पानीको बहाव अत्याधिक बढेकाे छ । नदीमा साविकभन्दा पानीको मात्रा बढेपछि सम्भावित जोखिमबाट बच्न प्रशासनले नै सतर्क रहन आग्रह गरेको हो ।

नदीमा अचानक पानीको बहाव बढेपछि मनाङ र लमजुङ अन्तर्गत नदी वरपरका बस्तीलाई प्रशासनले विभिन्न सूचना संयन्त्र प्रयोग गरी सर्वसाधारणलाई जानकारी गराएको छ ।

यद्यपि मनाङका कतिपय ठाउँमा अत्याधिक वर्षा र हिमालमा चर्को घामका कारण हिउँ पग्लेर पानीको बहाव बढेको अनुमान गरिएको छ । ‘केही दिनयता पानीको बहाव अत्याधिक भएको छ’ प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले भने,‘सम्भावित खतराबाट बच्नका लागि सतर्क रहन आग्रह गरेका छौँ ।’

स्थानीयवासीका अनुसार मस्र्याङ्दीमा पानीको बहाव अहिलेसम्मकै उच्च हो । पानीको बहावले सदरमुकाम चामेस्थित तातोपानी कुण्डको बाँधसमेत भत्काइदिएको छ ।

मनाङका चामे, धारापानी र ताल तथा लमजुङका श्रीचौर, स्यागे, भुलभुले, खुदीलगायत बस्ती नदी नजीकै भएकाले सम्भावित जोखिम मानिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here