विश्व भेटेरिनरी दिवशका अवसरमा प्रभातफेरि सम्पन्न

चितवनः
विश्व भेटेरिनरी दिवस २०१९ को अवसरमा नेपाल भेटेरिनरी विद्यार्थी एसोसिएशन, नेपाल पोलिटेक्निक ईन्स्टिच्युट र नेपाल भेटेरिनरी एसोसियसन प्रदेश नं. ३ को सहकार्यमा बृहत् प्रभातफेरी कार्यक्रम शनिवार सम्पन्न भएको छ । नेपाल भेटेरिनरी विद्यार्थी एसोसिएशन कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका विद्यार्थीको समेत या्रलिमा सहभागिता रहेको थियो । “Value of Vaccine ” भन्ने मूल नाराका साथ मनाइएको  विश्व भेटेरिनरी दिवस २०१९ को य्रालिको प्रदेश ३ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा छिरिङ दोर्जे लामाले सुभारम्भ गर्नुभयो । उक्त कार्यक्रममा करीब २०० जना भेटेरिनेरी विद्यार्थी र सरकारवालाहरुको सहभागिता थियो ।
कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द« बाट सुरु भई चोबिसकोठिमा गएर समापन भएको थियो । प्रभातफेरि कार्यक्रम भब्यताका साथ सफल भएको नेपाल भेटेरिनरी विद्यार्थी एसोसिएशन, नेपाल पोलिटेक्निक ईन्स्टिच्युटका अध्यक्ष सुनील ज्ञवालीले बताउनु भयो । विधार्थीहरुमा जागरुकता बढ़ाउने खालका कार्यक्रहरुहरुको निरन्तरता स्वरुप उक्त कार्यक्रम गरिएको सचिब  निकेश खनालले  बताउनुभयो ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here