हेटौँडा। मकवानपुरमा उत्पादित अकबरे खुर्सानीले बजारसँगै उचित मूल्य पाएपछि स्थानीय किसान उत्साहित बनेका छन् ।जिल्लाको थाहा नगरपालिकासहित उत्तरी मकवानपुरका विभिन्न गाउँमा उत्पादित अकबरे खुर्सानी काठमाडौँलगायतका मुख्य सहरमा निकासी भइरहेको छ ।
स्थानीय किसानले उत्पादन गरेको अकबरे खुर्सानी पाकेको रातो प्रतिकेजी १९० रुपियाँमा र हरियो प्रतिकेजी ७० रुपियाँसम्ममा बिक्री भएको थाहा नगरपालिका वडा नम्बर ६ स्थित बज्रबाराहीका कृषक मुक्तिनाथ उप्रेतीले जानकारी दिनुभयो । गत एक दशकदेखि अकबरे खुर्सानीको खेती गर्दै आउनुभएका कृषक उप्रेतीको परिवार नै कृषि कर्म लाग्नुभएको छ ।
मञ्जिल नमुना कृषि फार्मका सञ्चालक उप्रेतीले अकबरे खुर्सानीसँगै भँेडे खुर्सानी, भेण्टा, पिरो खुर्सानी, सागलगायतका तरकारी खेतीबाट आम्दानी लिने गर्नुभएको छ ।