पर्वत ।
कुश्मा नगरपालिकाको वडा नं. ७ ले १३२ जना दैनिक ज्यालादारी गरि जिबिकोपार्जन गर्ने विपन्न परिवारलाई राहात स्वरुप खाद्यान्न सामाग्री वितरण गरेको छ ।
वडाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण लागी देशभर लागु भएको लकडाउनबाट प्रभावित मजदुरहरुका १ देखी २ जना सम्मको परिवार सँख्या भएकालाई १० केजी चामल, १ केजी मुसुराको दाल, १ लिटर खाने तेल, १ केजी नुन, १ वटा हात धुने साबुन वितरण गरेको छ ।
त्यस्तैगरि ४ जना सम्मको परिवारलाई २० केजी चामल, १.५ केजी मुसुराको दाल, १.५ लिटर खाने तेल, २ केजी नुन, १ वटा हात धुने साबुन वितरण गरिएको छ । ५ जना वा सो भन्दा माथी सँख्या भएको परिवारको लागी ३० केजी चामल, २ के.जी मुसुराको दाल, २ लिटर खाने तेल, २ केजी नुन, १ वटा हात धुने साबुन वितरण गरेको कुश्मा नगरपालिका, वडा नं. ७ का वडा अध्यक्ष सुवासचन्द्र पौडेलले बताउनुभयो ।
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.