सिट्रस ग्रिनिङ (Citrus Greening) रोगको लक्षण तथा व्यवस्थापन

शाकाणु अर्थात ब्याक्टेरियाबाट लाग्ने यो रोग सिट्रस सिल्ला (Citrus Psylla, Diaphorina citri ) नामक किराहरुले रोगी बोटबाट निरोगीमा सार्ने गर्दछ । रोगको लक्षण हेर्दा जिन्कको कमिले लाग्ने रोग जस्तै देखिन्छ । नेपालमा बर्सेनि सुन्तला जातका फलफुलको उत्पादनमा असर पार्ने यो मुख्य रोग हो । राेग लागेपछी राेगि बाेटहरु हटाउनु बाहेक अरु कुनै उपाय छैन् ।

रोगका लक्षणहरु : 

  • यो रोग लागेपछि बिरुवा नबढ्ने पातको नसा बाहेक सबै भागहरु पहेलो हुने, फल सानो हुने तथा पाक्नु अगावै झर्ने,
  • विशेषगरि पाकेको जुनार र सुन्तला अमिलो हुने,
  • फलभित्रका बिउहरु मरेको देखिने,
  • फललाई ठाडो तिरबाट चिर्दा फल भित्रका दुई भागहरु एकभाग सानो र अर्काेभाग ठुलो देखिने,
  • फलको बोक्रा बाक्लो हुने,
    रोगि बोटका हाँगाहरु टुप्पाबाट तलतिर मर्दे जाने गर्दछन ।
सिट्रस सिल्ला नामक किरा
  • यसको व्यवस्थापन कसरी गर्ने ?
    रोग लागेको पुष्ठि भएको अवस्थामा रोगि बोटहरु हटाउने तथा रोग लाग्नबाट बचाउन सिट्रस सिल्ला नामक किरालाइ नियन्त्रण गर्नु पर्दछ ।किराको प्रकोप देखिनसाथ दैहिक विषादी रोगर १ – २ एम.एल. प्रति लिटर पानीका दरले फागुन देखि जेठसम्म १५ दिनको फरकमा छरी सिट्रस सिल्लालाई नियन्त्रण गर्नु पर्दछ । रोग लाग्नै नदिन कलमी बिरुवा उत्पादन गर्दा रोगमुक्त बोटबाट मात्र सायन निकाली कलमी गर्नु उपयुक्त हुन्छ ।

2 COMMENTS

  1. [url=https://fastpriligy.top/]priligy tablet[/url] epinephrine and pseudoephedrine both increase sympathetic adrenergic effects, including increased blood pressure and heart rate

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here