काठमाडौं । टोखा पशु व्यवसायिक समिति र एबी प्यालेट फिड प्रा.लि.को आयोजनामा काठमाडौको टोखामा पशुपन्छी सम्बन्धि अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ । कृषक र विज्ञलाई एकै ठाउँमा राखेर गरिएको कार्यक्रममा पशु आहार तथा अहिले देखा परेका रोग र उपचार सम्बन्धि छलफल भएको थियो ।साथै कार्यक्रममा एबी प्लेट फिड्बाट उपादित सुभम र सुपर दानाको विषयमा छलफल भएको थियो ।
कार्यक्रममा बोल्दै एबि प्लेट प्रालिका संञ्चालक पिताम्बर सन्जेलले पछिल्लो समय यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न तिर सबै एकजुट भएर लाग्नुपर्ने बताएका छ्न ।
कार्यक्रमका प्रशिक्षक डा. उमेष मण्डलले हाल पशुपन्छीमा देखिएका विभिन्न रोगले गर्दा धेरै कृषक चिन्तित हुनु भएको छ तर चिन्ता लिनु भन्दा पनि आफ्ना पशु चौपायालाई कसरी रोग लाग्नबाट बचाउने भन्नेमा चनाखो हुनुपर्ने बताए । यदि रोग लागिहालेमा पशु प्राविधिक र पशु चिकित्सकको सल्लाह लिनुपर्ने पनि उनले बताएका छन ।
कार्यक्रममा टोखा पशु व्यावसायिक समिति अध्यक्ष तथा कार्यक्रमका सभापति हिराकाजी श्रेष्ठले कम्पनीहरुले बेच्नका लागि सुरुमा राम्रो दाना पठाउने पछि धेरै बिक्री हुन थालेपछि दानाको क्वालिटी घटाउने गरेको गुनासे गरे ।
Your article helped me a lot, is there any more related content? Thanks!
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.