लम्पी स्क्रिन संक्रमणबाट २५ हजार बढी पशु मरे

काठमाडौं । नेपालमा महामारीका रूपमा फैलिएको लम्पी स्किन संक्रमणबाट हालसम्म ७ लाख ९ हजार २ सय ३ पशु संक्रमित भएको पशुसेवा विभागले जनाएको छ । त्यसमध्ये २५ हजार ७ सय ८२ पशु मरेका छन ।

२ लाख २९ हजार ६ सय २ पशु सक्रिय संक्रमित छन । विभागका अनुसार हाल सबै स्थानीय तहमा लम्पी स्किन संक्रमणको भ्याक्सिन पुगेको छ ।

स्थानीय तहको पशु शाखाको समन्वयमा भ्याक्सिन लगाउने काम भइरहेको विभागले जनाएको छ । पशुमा महामारीको रुपमा देखिएको लम्पी स्किन संक्रमण यो वर्ष हिमाली जिल्लामा समेत पुगेको पाइएको छ । हिमाली भेगका चौरीमा पनि यो संक्रमण देखिए पछि किसान चिन्तित भएक छन् ।

गाईभैँसीमा हुने लम्पी स्किन रोग के हो ? पहिचान र नियन्त्रणका लागि के गर्ने ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here