नुवाकोट
चैत २ – सहज रुपमा कृषि उत्पादन गराउनका लागि भन्दै शिवपुरीका कृषकलाई पावर ट्रिलर हाते ट्रयाक्टर वितरण गरिएको छ ।
गाउँपालिकाभरीका ३० कृषि सहकारी तथा कृषक समूहलाई यूएनडिपीको आर्थिक सहयोगमा सामुदायिक विकास केन्द्र नेपालले शिवपुरी गाउँपालिकामार्फत ५० प्रतिशत अनुदानमा ट्रयाक्टर प्रदान गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।
कृषक समूह तथा कृषि सहकारी संस्थालाई कृषि उपकरण हस्तान्तरण गरेपछि गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले युवा रोजगारी र शिक्षाका लागि गाउँबाट लाखापाखा लागेका बेलामा उपकरण किसानको हातमा पुग्नु राम्रो भएको बताउनुभयो ।
शिवपुरी–६ का वडाध्यक्ष लालबहादुर तामाङले सरकारले अब कृषिमा आधुनिक प्रविधि विस्तार गर्दै लैजानुपर्ने बताउनुभयो ।