धरापमा रेशमखेती प्रशोधन केन्द्र, सरकारको ध्यान गएन,किसानको मेहनत पुगेन

सुनसरी, चैत १७ –

सुनसरीको इटहरीस्थित रेशमखेती प्रशोधन केन्द्र केही वर्षयता सुनसान बन्दै आएको छ । रेशमखेती गर्ने किसान पलाएन भएपछि रेशमखेती प्रशोधन केन्द्र केही वर्ष यता सुनसान देखिन थालेको हो ।

सरकारी तवरबाट कुनै पहल नहुँदा सुनसरीको इटहरीमा दुई दशक अघि स्थापित रेशम प्रशोधन केन्द्र अहिले प्रयोगबिहीन भएको छ । दैनिक ३५ केजी रेशम कोया प्रशोधन गर्दै आएको केन्द्रमा प्रशोधनका लागि कोया आउँन छाडेपछि प्रशोधन केन्द्र बन्द हुने अवस्थामा पुगेको हो ।

मुलुकभर उत्पादीत रेशम कोयाहरु संकलन गरी रेशम धागो उत्पादन गर्ने गरी २०५१ सालमा स्थापित रेशम प्रशोधन केन्द्रमा प्रशोधनका काम हुन छाडेपछि मेशिनहरु प्रयोग विहीन भएर थन्किएका छन् ।

दक्षिण कोरिया सरकारको सहयोगमा स्थापित रेशम अनुसन्धान कार्यालय अन्र्तगत रहेको रेशम प्रशोधन केन्द्रमा चार वर्ष यता देखि पूर्ण रुपमा प्रशोधनको काम हुन सकेको छैन ।

रेशम खेती गर्ने किसानहरुको मेहनत अनुसार आम्दानी नहुने भएपछि बैकल्पिक काम खेतीतर्फ लाग्न थालेपछि प्रशोधन केन्द्र प्रभावित भएको हो । सरकारी स्तरबाट समेत निजी क्षेत्रलाई प्रशोधनका लागि जिम्मेवारी दिएपछि इटहरीमा रहेको रेसम प्रशोधन केन्द्रमा आवश्यक कच्चा पद्धार्थ अभाव भएको हो ।

पूर्वका किसानहरुले उत्पादन गरेका रेशम कोयाहरु निजी क्षेत्रबाट सञ्चालन भएको प्रशोधन केन्द्रहरुले खरिद गरी लैजान थालेपछि सरकारी स्तरबाट सञ्चालित इटहरीमा रहेको रेशम प्रशोधन केन्द्रमा काम आउन छोडेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here