नेपाली चियामा विदेशीको चासो

काठामाडौं, चैत २४ – नेपाली चियाप्रति विदेशीले देखाएको चासोबाट नेपाली चिया व्यापारी उत्साही भएका छन् । नेपाली चियाको गुणस्तर र स्वादमा विदेशी आक्रर्षण बढेपछि राजधानी काठमाडाैंमा जारी तेश्रो अन्तराष्ट्रिय चिया महोत्सवमा सहभागी नेपाली चिया व्यवसायीमा उर्जा थपिएको छ ।

महोत्सवमा विभिन्न १० मुलुकबाट आएका ३२ जना चिया व्यापारीले नेपाली चियामा देखाएको चासोले व्यवसायीलाई उत्साहीत बनाएको हो । चिया प्रर्वद्धनका लागि पछिल्लो समय नेपालमै पनि विभिन्न आयाममा यसको प्रचार प्रसार भइरहेका बेला बढ्दो विदेशी चासोले व्यवसायीलाई व्यवसायप्रति आशावादी बनाएको हो । हिमालयन एरोम्याटिक ‘टि’ का कार्यकारी निर्देशक चिरञ्जिवी दाहाल गुणस्तरलाई कायम गर्न सक्ने हो भने बजारको समस्या नभएको बताउनुहुन्छ ।

हिमाल, पहाड र तराईका स्थान विशेषको आधारमा लोकप्रिय भएका सबै चिया कम्पनीलाई एउटै छातामुनी ल्याएर ब्राण्डिङ गर्न सक्ने हो भने चियाको निर्यात बढाउन सकिने व्यवसायी उदय चापागाईले बताउनुभयो ।

चिया व्यवसाय र व्यवसायीका मागलाई सरकारले नीतीगत रुपमा सम्बोधन गरे वर्षेनी ३ अर्बको चिया निर्यातलाई ३० अर्ब पुर्याउने दाबी व्यवसायीको छ । विश्वमा चिन सबैभन्दा धेरै चिया उत्पादन गर्ने मुलुक भएपनि नेपालको अर्गानिक चिया माग विश्वमा बढ्दै गएको छ । महोत्सवमा नेपालमा उत्पादित सबै कम्पनीका चियाका स्टलहरु राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here