काठमाडाैं, चैत २९ –
व्यावसायिक पशुपालकले मेसिनबाट दूध दुहुने प्रविधिको प्रयोग गर्न थालेका छन् ।एउटा दुईवटा मात्र गाई पाल्ने निर्वाहमुखी किसानभन्दा पनि धेरैवटा पाल्ने व्यावसायिक किसान दूध दुहुन मेसिनको प्रयोग गर्न थालेका पशु उत्पादन निर्देशनालयमा कार्यरत डा सुरेन्द्र झा बताउनुहुन्छ ।
हातले भन्दा मेसिनले दुहुँदा चाँडो हुने र सबै दूध निखारेर आउने हुनाले किसानको आकर्षण त्यसतर्फ बढ्न थालेको हो । उहाँ भन्नुहुन्छ, “मेसिन भित्रिएको केही वर्ष भए पनि पछिल्लो समय यसको प्रयोग ह्वात्तै बढेको छ ।”
उपभोक्तामा सजकता बढ्दै जाँदा किसानले दूध दुहुँदादेखि संकलन केन्द्रसम्म पु¥याउँदा दूध सफा बनाउन थालेका छन् । मेसिनबाट दुहुँदा दूधमा अरु फोहर मिसिन नपाउने झाको भनाइ छ । गाईको थुनमा घाउ हुने समस्यासमेत मेसिनको प्रयोगले हटाएको छ ।
उहाँ भन्नुहुन्छ, “मेसिनको प्रयोगले एकातिर सफाइ सहज भएको छ भने अर्कातिर किसानले त्यही समयमा अरु काम गर्न पाएका छन् ।”
मेसिनको प्रयोगले १० मिनेटमा दुईवटा गाई दुहुन सकिन्छ । दशवटा वा त्योभन्दा बढी गाई पाल्ने किसानका लागि मेसिनको प्रयोग उपयोगी छ । बजारमा रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्ममा मेसिन खरिद गर्न सकिन्छ ।
It seemed that everyone was friendly around here hence looking for some support and possible answers buy priligy 30mg We went to lunch while the lab techs washed the sperm