काठमाडौँ, वैशाख २ विसं २०७४ भरि विश्वभर मरेका र मारिएका सबै प्राणीको सम्झनामा यहाँ दीप प्रज्ज्वलन गरिएको छ ।
‘अर्थलिङ कन्डोलेन्स मेसेज’ (प्राणी श्रद्धान्जलि सभा) नाम दिइएको सो कार्यक्रममा मैनबत्ती बालेर श्रद्धान्जलि प्रकट गरिएको थियो ।
नेपाल शाकाहारी संघलगायत प्राणी कल्याणसम्बन्धी संस्थाको प्रयासमा काठमाडौंको रानीपोखरीस्थित सो¥हहाते गणेशअघि शुक्रबार आयोजित सो कार्यक्रममा श्रद्धान्जलिको व्यहोरा सबैले बाचन गरेका थिए ।
चार वर्षदेखि आयोजना गरिँदै आएको सो कार्यक्रमका सहभागी तथा शाकाहारी अभियन्ता विकेश श्रेष्ठले संसार सबैको साझा घर भएको र आजको विश्वमा प्राणीमाथिको हिंसा रोकिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सञ्चारकर्मी रीता लिम्बुले भन्नुभयो, ‘ढुंगे युग सकिएकाले अब हिंसाबिना बाँच्न सकिन्छ । मानव जातिले सबै प्राणीमाथि गरेको हिंसाका लागि हामी लज्जित छौं । सोही कारण सबै प्राणीप्रति श्रद्धान्जली व्यक्त गर्न हामी उपस्थित भएका हौं ।