काठमाडौं, वैशाख ८ –
समून्द्रि किनारासँग नजोडिएको नेपालमा विभिन्न राष्ट्रबाट आयत हुने सामानहरु छिमेकी राष्ट्रको भरमा ल्याउनुपर्ने बाध्यता रहेको छ । विश्वभर सहज आपूर्तीको माध्यम बनेको समून्द्रिय आयातको लागि नेपाल पूर्णतया छिमेकी राष्ट्र भारतको भर पर्ने गरेको छ ।
यस्तोमा विभिन्न कालखण्डमा भारतबाट अवरोध सिर्जना हुँदा नेपालमा मुख्य गरी पेट्रोलियम पदार्थको समस्या हुने गरेको छ । भारतसम्म समुन्द्री बाटो हुँदै आउने पेट्रोलीयम पदार्थ नेपालमा भने सडकसञ्जाल मार्फत आउने गरेको छ ।
यो अवस्थाको अन्त्यका लागि अहिले भारतको मोतिहारीबाट बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन विछ्याउने कार्य भइरहेको छ ।
यो पाइपलाइनको काम सकिए पछि नेपालमा पेट्रोलीयम पदार्थको आयातमा सहज हुनेछ ।