चितवन, वैशाख २१ –
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संमृद्धी कृषि क्षेत्रको विकासबाट मात्रै सम्भब भएको बताउनुभएको छ । कृषि तथा बनबिज्ञान विश्वविद्यालयको पहिलो दिक्षान्त समारोहलाई आज चितवनको रामपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कृषिको आधुनिकिकरण र व्यबसायिकरण गरेर देशलाई संमृद्ध बनाईने बताउनुभयो ।
नेपाल प्राकृतिक रुपमा सम्पन्न भएपनी सही सदुपयोग गर्न नसक्दा पछि परेको उहाँको भनाई छ । “नेपालमा कृषिको निकै सम्भावना छ,प्रधानमन्त्री ओलीले भन्नुभयो, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुले कृषिमा धेरै अनुसन्धान गर्नुपर्छ ।” उहाँले आफ्नो हरेक पाइला विकास,आधुनिकता र परिवर्तन तर्फ हुने उद्घोष गर्नुभयो । नेपाल प्राकृतिक रुपमा बिश्वका ठूला देशभन्दा सम्पन्न रहेको प्रधामन्त्री ओलीले बताउनुभयो ।
बिश्वमा नहुने दुर्लभ चिजहरु नेपालमा मात्रै हुने ओलीको भनाई छ । ओलीले विश्वका धेरै स्थानमा आँपको उत्पादन नहुने भन्दै ति देशमा नेपालको आँप निर्यात गर्न सकिन बताउनुभयो । प्रम ओलीले भन्नुभयो, ‘अमेरिका, युरोप, रसियालगायत धेरै देशहरुमा आँपको उत्पादन हुँदैन । तिनिहरुलाई नेपालको आँप चखाउनुपर्छ । एकचोटी चाखेपछि पल्किन्छन् ।’ ‘नेपालमा त झार पलाएपनि यार्सागुम्बा भएर निस्किन्छ’ प्रम ओलीले भन्नुभयो, ‘यति धेरै सम्भावना भएको देशमा अब युवाहरुले केही गर्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले नेपालीहरु अफ्ठेरा भिरमा बस्ने दिनको अन्त्य गरिने बताउनुभयो । भिरमा बस्ने नेपालीलाई बस्न योग्य ठाँउमा सारिने ओलीको भनाई छ । “ अब जमिनको बर्गिकरण हुन्छ, ओलीले भन्नुभयो,उपयुक्त ठाँउ जहाँ बस्ने बास,खानेपानी,विजुली लगाएतको सेवा सुविधा छ, त्यस्तो ठाँउमा बस्ने व्यवस्था गर्छौ ।”
नेपालमा विकासको बाधक अव्यवस्थित बसाई पनि भएकाले त्यसलाई व्यवस्थित गरिने उहाँको भनाई छ । देशमा यतिवेला उत्साहाजनक रुपमा भर्ना अभियान संचालन भैरहेको भन्दै प्रधानमन्त्री ओलीले अर्को बर्ष भित्र कोही विद्यार्थी पनि विद्यालय बाहिर नहुने दाबी गर्नुभयो । नेपालको व्यापार घाटा असन्तुलन मात्रै नभई ध्वस्त भएको ओलीले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि चौधरी चरण सिंह हरियाणा कृषि बिश्वबिद्यालय भारतका उपकुलपति प्रा.डा.केपी सिंहले नेपालमा कृषिको धेरै सम्भावना रहेकाले यसको व्यवसायीकरणमा ध्यान दिन सुझाव दिनुभयो । शिक्षा , बिज्ञान तथा प्रबिधि मन्त्री तथा विश्वविद्यालयका सहकुलपती मन्त्री गिरिराजमणि पोखरेलले ७ प्रतिशत मात्रै प्राबिधिक शिक्षा रहेकोे नेपाल मा अथाह सम्भावना कृषि क्षेत्रमा रहेकोेबताउनुभयो ।