दैनिक साग खानाले यस्ता फाइदा हुन्छन

काठमाडौं – कसैलाई मोटो हुने चिन्ता त कसैलाई दुव्लो हुने चिन्ता भइरहेको हुन्छ । रातिको खानामा मासुजन्य परिकारको सट्टा सागसब्जी खानुपर्छ । सागसब्जीमा क्यालोरीको मात्रा कम हुन्छ ।

सन् २०१२ मा कोर्नेल विश्वविद्यालयले गरेको एउटा अनुसन्धानले प्लेट र खानाको रङ एउटै भएको अवस्थामा मानिसले खाना बढी मात्रामा उपभोग गरेको पाइएको थियो । त्यही भएर थोरै खाने मन भए खाना र प्लेटको कलर भिन्न होस् भन्नेमा जोड दिनुस् । सलाद आदिमा क्यालोरी कम हुने भएकाले हरियो प्लेटमा हरियो सलाद खाने गर्नुस्। सागमा फाइबर प्रसस्त मात्रामा हुन्छ, भिटामिन ए, तपाइको अनुहारमा चमक आउँछ ।

मधुरो संगीत र बत्तीमा मानिसले बिस्तारै खाने गर्छ भन्ने विभिन्न अनुसन्धानले पुष्टि गरिसकेको छ । समय लगाएर खाना खाइयो भने थोरै खाइन्छ । त्यही भएर खाने बेलामा मधुरो बत्ती बालेर संगीत सुन्ने गर्नुपर्छ । पानी पिएर हरेक दिन सुरुवात गर्नुस् । बिहानै पानी पिउनाले डिहाइड्रेसन हुँदैन । जसले गर्दा भोक लागिरहेको महसुस हुन दिँदैन र आवश्यकता भन्दा बढी खानाबाट जोगाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here