काठमाडौं – केन्द्रीय दुग्ध सहकारी संघले भारतलगायत तेश्रो मुलुकबाट आयात हुने झोल दूध र पाउडर दूधको भन्सार आयात दरमा ३५ प्रतिशत शुल्क बृद्धि गर्नुपर्ने माग अघि सारेको छ । यसवाहेक संघले १४ सुत्रीय मागसमेत अघि सारेको छ ।
संघले अघि सारेका मागहरु यस्ता छन्
१. सरकारले लागत मूल्य घटाउन, उत्पादन बढाउन र व्यवसाय प्रवद्र्धनका लागि किसानलाई सहकारी शिक्षा तथा तालिमको व्यवस्था गर्नुपर्ने ।
२. सरकारले अल्पकालिन र दीर्घकालिन योजना बनाई दूध अभिवृद्धि मात्र होइन किसानले उत्पादन गरेको दूधको बजारको सुनिश्चितता गर्नुपर्ने ।
३. सहकारी साझेदारीमा दुग्ध उद्योग सञ्चालन गर्न नीतिगत रुपमा नै व्यवस्थापन गर्नुपर्ने ।
४. ५० प्रतिशत विद्युत महसुल अनुदानको निरन्तरता ।
५. ५० प्रतिशत दुग्ध जन्य पदार्थमा लागेको मुल्य अभिबृद्धि कर छुटको निरन्तरता ।
६. विदेशबाट आयातित दुग्धजन्य पदार्थ र धुलो दूधमा हाल लगाइएको भन्सार दरमा ३५ प्रतिशत बृद्धि गर्नुपर्ने ।
७. विदेशबाट आयातित कच्चा दूध९झोल दूध० लाई पूर्ण रुपमा रोक लगाउनुपर्ने ।
८. दुग्ध संकलन, चिस्यान तथा ढुवानीका प्रविधिमा ५० प्रतिशत अनुदानको व्यवस्था गर्नुपर्ने ।
९. युवाहरुलाई पशुपालन व्यवसायमा आकर्षित गर्न पाँच लाख व्यवसाय धितो सहुलियत कर्जा उपलब्ध गराउने ।
१०. हाल बन्द भएका धुलो दूध कारखाना चितवन मिल्क नियमित संचालन गराउने र पोखराको सुजल डेरी पूर्ण क्षमतामा संचालनमा ल्याउनुपर्ने ।
११. दुग्ध विकास संस्थानले संचालन गरेको धुलो दूध कारखाना नियमित रुपमा पूर्ण क्षमतामा संचालन गर्ने ।
१२. सहकारी साझेदारीमा दूध भण्डारण गर्न ४० हजार क्षमताको दुग्ध चिस्यान केन्द्र स्थापना गर्न बजेट व्यवस्थापन गर्नुपर्ने ।
१३. सहकारी साझेदारीमा धुलो दूध कारखानाको स्थापनाको लागि आवश्यक बजेट व्यवस्थापन गर्नुपर्ने ।
१४. उत्पादनको आधारमा प्रतिलिटर अनुदानलाई कूल राष्ट्रिय दुग्ध उत्पादनको आधारमा बृद्धि गरी प्रति लिटर तीन रुपैयाँ पुरयाउनुपर्ने