उत्पादन बढाउन ७ जातको धानको बीउ

दाङ – जिल्ला कृषि विकास कार्यालय  दाङले ७ जातको धानको बीउ सिफारिस गरेको छ ।

कार्यालयले सिफारिस गरिएका बीउमा विन्देश्वरी, सावित्री, रामधान, सावामन्सुलि, सव(१), सुखा २ र ३ उन्नत् जात रहेका छन् ।

कार्यालयले अभियानमुखी कृषि उत्पादन कार्यक्रमअन्तर्गत ती धानको बीउको मूल्य प्रतिकिलो रु २४ देखि रु २७ सम्म तोकेको छ । यसरी सिफारिस गरिएको बीउ कृषि कार्यालयले अनुदानमा कृषकलाई वितरण गरेको छ । कार्यालयले अनुदानमा करीब १४ टन बीउ वितरण गरेको कार्यालयका बाली विकाश अधिकृत सुमन खनालले जानकरी दिनुभयो ।

त्यस्तै तुलसीपुर, घोराही, लमही क्षेत्र र गाउँपालिका अन्तर्गतका कार्यालयबाट पनि धानको बीउ कृषकलई वितरण गरिएकोछ । कार्यालयले आधा मूल्यमा धानको बीउ उपब्लध गराएको छ । जिल्लामा ५७ हजार हेक्टरमा धानखेती हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here