शेयर बजार घटेको घट्यै

काठमाडौं – साताको पहिलो दिन आइतबार शेयर बजार कारोबारको मापन गर्ने नेप्से परिसूचकमा भारी अंकले गिरावट आएको छ ।
साताको पहिलो दिन आइतवार कारोवारको सुरुवात देखि नै तिव्र घटेको शेयर बजार कारोबारको अन्त्यसम्म दोहोरो अंक अर्थात ३३ दशमलव ७.१ अंकले गिरावट आएको छ ।

आइतबार १ सय ५५ कम्पनीका ९ लाख ९७ हजार ३ सय ३८ कित्ता शेयर कारोबार भएको छ । ६ हजार ४ सय ७३ शेयर कारोबारबाट ५४ करोड ६६ लाख ६१ हजार ३ सय ६७ रुपैयाँको कारोबार भयो । सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर तीन करोड ७६ लाख रुपैयाँ बराबरको कारोवार भयो ।

आइतबार भएको ९ समूहको कारोबारमा उत्पादन समूह बाहेक अन्य सबै उपसूचकमा गिरावट आएको छ । उत्पादनमूलक समूह ३५ दशमलव ८८ अंक बढेको छ । बैंक २६ दशमलव शुन्य ४, होटल ६१ दशमलव ४४, विकास बैंक ३० दशमलव ८३, जलविद्युत ३३ दशमलव शून्य ९, फाइनान्स ८३ दशमलव ९, बीमा २९ दशमलव ८३, अन्य १७ दशमलव ७७ र लघुवित्त ५५ दशमलव शून्य ७ अंकले घटेका छ ।

आइतबार युनीलिभर नेपाल, उन्नती माइक्रोफइनान्स वित्तिय संस्था, ललितपुर फाइनान्स लगायतका कम्पनीका शेयर धनिले सबैभन्दा बढी कमाएका छन् भने मेघा बैंक नेपाल, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनि लिमिटेड प्रमोट लगायतका कम्पनीका शेयर धनिले सबैभन्दा बढी कमाएको नेपाल स्टक एक्चेन्जले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here