नेपाल कृषि प्रधान देश हो । नेपालका ६७ प्रतिशत नागरिक कृषि पेसामा नै आश्रित रहेका छन् । पछिल्लो समय कृषिमा नेपाललाई आत्मनिर्भर बनाउन विभिन्न योजना पनि ल्याइएको छ ।
यसैलाई मध्यनजर गरेर बेला इन्भेस्ट्मेन्ट प्रा.लिले पनि चिनिया प्रविधिको कम्पनी गोल्डेन इलिफेन्ट कम्पनीले उत्पादन गरेका रासायनिक मल नेपालमा बिक्रि गर्न थालेको छ । नेपालमा भित्र्याएको यो नयाँ मलको प्रभावकारिताका सम्बन्धमा प्रदिप पौडेलले बेला इन्भेस्टमेन्टका बजार प्रमुख जनार्दनप्रसाद अर्यालसँग कुराकानी गर्नुभएको छ ।
१. बेला इन्भेस्ट्मेन्ट प्रा.लि कम्पनी कहिले स्थापना भयो र यसले बेच्दै आएको रासायनिक मल कस्तो मल हो ?
चिनमा उत्पादित रासायनीक मलको नेपालका लागि मुख्य बिक्रेता बेला इन्भेस्ट्मेन्ट प्रा.लिको स्थापना २०७० सालमा भएको हो । चिनिया प्रविधिको कम्पनी गोल्डेन इलिफेन्ट कम्पनीले उत्पादन गरेका रासायनिक मल हामीले यो कम्पनी मार्फत बिक्री गर्दछौ ।
कृषि खेतीको लागि उपयोगी रासायनीक मल जुन मल अन्य रासायनीक मलको तुलनामा किसान र खेतबारीका लागि निकै फाइदा जनक रहेको छ ।
सर्वप्रथम चिनिया कम्पनीले हामीलाई यो मलको प्रभावकारिता र नेपाली किसानको प्रतिक्रिया बुझ्नको लागि मलको नमूना पठायो । त्यसलाई हामीले नेपालका विभिन्न ३४ जिल्लामा वितरण गर्यौ । यो मलको प्रयोग गरे पछि किसानले उत्पादिल मललाई मन पराउनुभयो र यसले उर्वराशक्ति बढाएको प्रतिक्रिया दिए पछि हामी आधिकारिक रुपमा नेपालमा यो मलको बिक्रि वितरण गर्न थाल्यौ ।
चाइनिज कम्पनीले उत्पादन गरेको कम्पाउण्ड फर्टिलाइजर अथार्त (मिश्रित मल) जसमा नाइट्रोजन २६ प्रतिशत, नाइट्रेट १०, सल्फर ५ प्रतिशत, एमोनिकल १३ र क्याल्सियम ०.५ प्रतिशत तत्व पाइन्छ र अर्को एनपीके फर्टिलाइजर जसमा नाइट्रेट ७ प्रतिशत र एनपीके ४० प्रतिशत पाइन्छ ।
चाइनिज टेक्नोलोजीको उक्त मल युरिया डिएपी लगायतको मल भन्दा उपयोगी छ । छिटो प्रभावशाली, उचित उपयोग दर, प्रकाश शंलेषणको प्रचारक , पानी र खडेरी दुवैमा उपयुुक्त हुन्छ ।
२. चिनिया कम्पनीले उत्पादन गरेको मल बिक्रि गरे पछि किसानले कस्तो प्रतिक्रिया दिएका छ्न ?
हामीले यो कम्पनीबाट उत्पादित दुई किसिमका मल बिक्रि गर्दै आएका छौं । नेपालमा तीन किसिमका किसानहरु हामीले पायौं निर्बाहमुखी, व्यावसायिक र उद्योगी, व्यावसायिक र उद्योगी किसानले हाम्रो मलको माग गर्नुभएको छ, भने निर्बाहमुखी किसानले अलिक महँगो भयो भनेर अनुदानमा मल उपलब्ध गराउन माग गर्दै आएका छन् । अन्य रासायनिक मलको तुलनामा यो मल निकै प्रभावकारी भएको किसानले प्रतिक्रिया दिएका छन् । अरु मल ६ केजी र हामीले बिक्रि गर्ने मल ३ केजी समान रुपमा काम गर्ने हामीले पाएका छौ ।
३.मल बिक्रि गर्नको लागि कसरी समन्वय गर्नुभएको छ ?
हामीले परीक्षण अवधीमा ८ सय ५० टन मल वितरण गर्यौ र अहिले बजार मा २ हजार टन मल भित्र्याउने तयारीमा छौँ । यो मलको बजारमा एकदम धेरै माग छ । वितरणका लागि हामीले सहकारी सस्था, किसान समुह र सस्थाका डिलरबाट बिक्रि वितरण गरिरहेका छौं ।
४.सरकारले अर्गानिक खेतीको नीति लिने तयारी गरिरहेका बेला तपाईहरु रासायनिक मलको नै बिक्रि गर्दै हुनुहुन्छ ?
यो कम्पाउन्ड फर्टिलाइजर अर्गानिक नभए पनि अर्गानिक जस्तै हो भनेर सम्बन्धित बिज्ञहरुले नै भनेका छन । अन्य रासायनिक मलभन्दा यो उपयोगी र अर्गानिक मल जस्तै गुणस्तरिय भएको प्रमाणीत भएको हुनाले यो मल नेपालकाक लागि उपयुक्त र सरकारले लिएको अर्गानिक नीतिको पक्षमा छ ।
५. तपाइहररुले बिक्री गर्ने मल नयाँ मल हो, नेपाली किसानलाई यो मलको गुणस्तरियता र वितरण प्रणाली प्रभावकारी बनाउनको लागि कस्तो योजना रहेको छ ?
आयो बेला कृषि क्रान्तिको भन्ने नारा सहित नेपाल मा कृषि क्षेत्रमा केही गर्ने सोच का साथ हामी निरन्तर लागिरहेको छौ । अब बिस्तारै किटनासक सोलार, अत्याधुनिक कृषि औजार लगायतका सामाग्री भित्र्याउने हामीले योजना बनाएका छौ । वितरण प्रणालीलाई प्रभावकारी बनाउनको लागि हामीले विभिन्न सामाजिक संस्थासँग सहकार्य गर्ने योजना बनाएका छौ ।