बजेटको प्रभाव शेयरमा,लगानीकर्ता निरुत्साहित,कर नर्तिने चेतावनी

विराटनगर -अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेट शेयर लगानीकर्तालाई निरुत्साहित गर्ने खालको भएको भन्दै विराटनगरका लगानीकर्ताले आपत्ती जनाएका छन् । विराटनगरमा पत्रकार सम्मेलन गरी लगानीकर्ताले घाटामा जाँदा पनि कर तिर्नुपर्ने प्रावधानले स्वदेशी पूँजी बजारमा नकारात्मक असर पर्ने बताएका हुन् ।

अर्थतन्त्र बुझेको र जानेको भनिएका अर्थमन्त्रीले शेयर लगानीकर्तालाई निरुत्साहित बनाउन खोजेको भन्दै घाटामा गएको शेयरको कर कसैले पनि तिर्न नसक्ने लगानीकर्ताको तर्क छ । ।

लगानीकर्ताहरुले नाफा भएको खण्डमा ५० प्रतिशतसम्म कर तिर्न सक्ने तर घाटामा तिर्न नसक्ने उनीहरुले बताएका छन् । सरकारी निर्णयको विरोध गर्दै लगानीकर्ताहरूले काठमाडौंस्थित नेपाल स्टक एक्स्चेन्जको कार्यालयमा प्रदर्शन पनि गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here