काठमाडौं –
बजारमा विक्रि भइरहेका २३ प्रतिशत खाद्य पदार्थमा न्यून मापदण्ड भेटिएपछि सरकारले अनुगमन प्रक्रिया तिव्र बनाएको छ । प्याक भएर आएको जारको पानीमा किरा भेटिएपछि आजपनि आपूर्ति मन्त्रालयले गोकर्णको एक पानी उद्योगमा शिलबन्दी गरेको छ ।
चालु अर्थिक वर्षमा मापदण्ड विपरितको पानी विक्रि गरेको पाइपछि एक सयभन्दा बढी कम्पनी कारबाहीमा परिसकेका छन् । मंगलबार मात्रै पनि चावहिलस्थित रुक्मीणी अधिकारीको पसलबाट विक्री भएको पानीमा उपभोक्ताले मकुरा भेटेपटि प्रहरीलाइ खबर गरेका थिए ।
बजार अनुगमनपछि टोलीले गोकर्णस्थित ब्लु पाइन मिनरल वाटर उद्योगमा पुगेको अनुगमन टोलीले उद्योगमा मापदण्ड नपुगेको पाएपछि शिलबन्दी गरेको छ । उद्योग दुई वर्षदेखि नवीकरण नगरिएको
उद्योगले उत्पादन गरेको आक्वा ओसिस नामक उद्योगबाट उत्पादित पानीमा भर्ने क्रममा गल्तीबस अखाद्य पदार्थ जारभित्र पर्न गएको उद्योगले स्वीकार गरेको छ । उद्योगलाइ खाद्य तथा गुण नियन्त्रण कार्यालयमा नवीकरण नगरेसम्म र मापदण्ड पुरा नगरेसम्म उत्पानद नगर्न मन्त्रालयले निर्देशन दिएको छ ।