चितवनमा फेरी त्रिवी कै कृषि संकाय अन्र्तगत पठन पाठन शुरु

चितवन, असार २३ – लामो समयदेखि फेजआउट भएको रामपुर क्याम्पसको कृषि संकाय अन्र्तगतको पढाई सोमबारदेखि पुनः शुरु हुने भएको छ । चितवनमा कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना भएपछि त्रिभुवन विश्वविद्यालयले स्नातकमा कृषि विषयको पढाई बन्द गरिएको थियो ।

रामपुर क्याम्पसले कृषिको ईतिहास बोकेको कारण त्रिभुवन विश्वविद्यालयले चितवनमा नै पुनः कृषि क्याम्पस सञ्चालनमा ल्याएको हो । त्रिभुवन विश्वविद्यालयको सम्पत्तिको अर्को विश्वविद्यालयले ऐन बनाएर हत्याएपछि बिबाद आएर शैक्षिक सत्र २०६९ देखि कृषि क्याम्पस रामपुरमा भर्ना अवरुद्ध भएको थियो ।

त्रिभुवन विश्वविद्यालयले पूर्वी चितवनको खैरहनी नगरपालिकासँग सहकार्य गर्दै रामपुर क्याम्पसलाई खैरहनीमा सञ्चालन सुरु गरेको हो । यस वर्ष ५० जना विद्यार्थीलाई कृषि शंकायको स्नातकमा पढाई गर्ने क्यापसले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here