चन्द्रनहर मर्मत गर्न बीस करोड लाग्यो

सुरेश झा / रासस 

सप्तरी, – गत साउन महिनाको अन्तिम सातामा आएको भीषण बाढी र पहिरोबाट पूर्णरुपमा क्षतिग्रस्त भएका चन्द्रनहर सिँचाइ प्रणाली (आयोजना) को मर्मत एवं निर्माण कार्य सम्पन्न भएको छ ।

२० करोड रुपैयाँको लागतमा सो नहरको मर्मत एवं निर्माण कार्य सम्पन्न भएको छ । नेपालको सबैभन्दा पुरानो नहरको मर्मत कार्य सम्पन्न भएपछि किसानलाई खेतीका लागि पानी उपलब्ध गराइएको छ ।

नहरबाट सिचाई भएपछि धान रोपाइँ शुरु भएको छ । कोशी पम्प चन्द्रनहर सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय सप्तरी राजविराजद्वारा क्षतिग्रस्त चन्द्रनहरसहित पम्प नहर प्रणाली तथा वितरण नहर प्रणाली समेतको मर्मत तथा भौतिक पूर्वाधारको निर्माण गरिएको प्रमुख प्रशुन मिश्रले जानकारी दिनुभयो ।

गत साउनमा आएको बाढीले चन्द्रनहर, वितरण नहर र पम्प नहरमा तोडफोड गरी रु ४३ करोड बराबरको क्षति पु¥याएको थियो । जसकारण मुख्य तथा सहायक नहर एवं हेडवक्र्स क्षतिग्रस्त, बालुवा तथा माटो नहरमा पुरिएको, लाइनिङ टुटफूट भएको, प्लान्ट, जेनेरेटर, पाइप तथा मेसिनरी सामग्री र अन्य भौतिक पूर्वाधार पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो ।

तोडफोड र क्षतिग्रस्तका कारण किसानलाई खेतीका लागि पानी समेत उपलब्ध गराउन नसक्दा किसान चिन्तित हुनुका साथै तत्काल मर्मत गर्न पटक÷पटक आग्रह गर्दै आएको थियो ।

क्षतिग्रस्त नहरको मर्मत सम्भार तथा भौतिक पूर्वाधारको निर्माण कार्यलाई गुणस्तर तथा प्रभावकारी बनाउन स्थानीय प्रशासन र उपभोक्ताबाट अनुगमन निरीक्षण समेत गरिएको छ ।

निरीक्षणको क्रममा नहर निर्माण गर्दा बालुवा, सिमेन्ट र रडको प्रयोग मापदण्ड अनुसार भएको सो कार्यालयका सूचना अधिकारी रमन साहले बताउनुभयो ।

९५ वर्ष अगाडि विस १९८० मा तत्कालीन प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा निर्माण भएको सो नहर नेपालको सबैभन्दा पुरानो नहरको रुपमा रहेको छ । तर लामो समयदेखि सरकारी ढिलासुस्ती, राजनीतिक अस्थिरता र बजेट अभावका कारण पूर्णरुपमा दीगो विकास हुन नसकेको चन्द्रनहरलगायत तीनवटै प्रणालीको विगत तीन वर्षमा धेरै सुधार भएको कडरियाका इन्जिनियर शतिस झाको भनाइ छ ।

सप्तरीमा ७० हजार हेक्टर जमीनमा धानखेती हँुदै आएकोमध्ये ३५ हजार हेक्टर जमीनमा चन्द्र नहरको तीन वटै प्रणालीबाट सिँचाइ सुविधा पुर¥याउँदै आएको सूचना अधिकारी साहको दाबी छ ।

कार्यालयका अनुसार चन्द्रनहर प्रणालीबाट १० हजार ५०० हेक्टर जमीन, पम्प नहर प्रणालीबाट १३ हजार हेक्टर जमीन र वितरण नहर प्रणालीबाट ११ हजार हेक्टर गरी कूल ३४ हजार ५०० हेक्टर जमीनमा सिचाइ हँुदै आएको छ ।

हाल चन्द्रनहरबाट बाह्रैमहिना किसानलाई सिँचाइ उपलब्ध गराइएको छ भने अन्य नहर प्रणालीबाट वर्षको दुई पटक पानी उपलब्ध गराइएको छ ।

कार्यालयबाट प्राप्त विवरण अनुसार पम्प नहर प्रणाली अन्तर्गत पम्प हाउस ‘वी’ को तल मुख्य नहर क्यानलमा रु एक करोड ८९ लाखको लागतमा पक्की लाइनिङ, माटो भराइ, रिटेनिङवाल, आउटफल तथा बालुवा सफाइ गरिएको छ ।

त्यस्तै क्षतिग्रस्त मूल नहरको घोरदह, मुतनी, खोला नहर, कजरा, सितबाही, भक्राहा मूलनहरसहित ५ नं र शाखा, मलेठ नहर चौक, आर्मी माइनर, डि जिरो शाखा, सिगयोन माइनर शाखा, विहारपुर माइनर शाखालगायतका अन्य विभिन्न नहर तथा उपनहर शाखाको बैंक मर्मत, आरसिसी पक्की लाइनिङ, कल्भर्ट निर्माण बालुवा सफाइ, माटो ग्राभेल, हेडवक्र्स मर्मत लगायतका कार्य गरिएको छ ।

गत साउनमा आएको बाढीबाट क्षतिग्रस्त नहरको मर्मतका लागि यही वैंशाख १७ गते रु पाँच करोड मात्र अपुग रकम सिँचाइ मन्त्रालयले उपलब्ध गाएको थियो । तर क्षति रु ४३ करोड बराबर भएकोले बजेट अभावको बाबजुद आन्तरिक स्रोतबाट क्षतिग्रस्त पूर्वाधारको मर्मत गरिएको त्यहाँका प्राविधिकले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here