बेनी, असार २५ – म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कृषि शाखाले गाउँपालिकाको आठ वटै वडाका किसानलाई कृषि औजार र बिरुवा हस्तान्तरण गरेको छ ।
गाउँपालिकाकी उपाध्यक्ष केशमायाँ मगर र प्रमुख प्रशासकीय अधिकृत अच्यूत दाहालले संयुक्तरुपमा किसानलाई उक्त औजार आइतबार हस्तान्तरण गर्नुभयो ।
कृषि शाखा प्रमुख गोपाल भट्टराईले जिल्लामा मै पहिलो पटक छ थान कोदो चुट्ने मेसिन, १४५ थान प्लाष्टिक केट, १२ थान मकै छोड्याउने औजार, २३ वटा सुन्तला टिप्ने भ¥याङ, नौ वटा स्प्रे ट्यांकी वितरण गरिएको जानकारी दिनुभयो ।
त्यस्तै, ४८ थान सिबेचर, ४८ थान आरी, चार हजार सुन्तलाका बिरुवा र एक हजार कागतीको बिरुवा वितरण गरिएको छ ।