कावासेतीमा ६० प्रतिशत रोपाइ सकियो ।

नवलपरासी – करिब एक हप्ता अगाडि १० देखि १२ प्रतिशत मात्रै रोपाइ सकिएको कावासेती नगरपालिकामा लगातार पानी परेपछि यस हप्ता ६० प्रतिशतभन्दा बढी रोपाइ भएको कावासेती नगरपालिकाका कृषि प्रसार अधिकृत ईश्वर नाथ त्रिपाठीले जानकारी दिनुभयो ।

नगरपालिकाको कृषि शाखाले धानको बीउ बितरण, तरकारीको बीउ , माटो परीक्षण सिबिर संचालन, केही किसानलाई जिन्क, वडा नम्बर ७ को नमूना कृषक समुह लाई माछाको दाना बितरण गरेको उहाँले बताउनुभयो ।

गत आर्थिक वर्षमा पर्याप्त बजेट तथा समयको अभावमा सोचेजस्तो कार्यक्रम गर्न नसकीए पनि यस पाली भने किसानलाई फाइदा हुने काम गरेको उहाँले बताउनुभयो । आगामी आर्थिक बर्ष को लागि २७ लाख रुपैयाँ बिनियोजन भएको छ, छरिएर रहेका किसान लाई समुहमा आबद्ध बनाइ समुह लक्षित कार्यक्रम गर्ने, उधमशिलता को आधारित कार्यक्रम ,र सहकारी लाई जोड दिएर कार्यक्रम सम्पन्न गर्ने योजना रहेको उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here