तुलसी एकादशीका दिन १० हजार तुलसीको बिरुवा बाँडिने

हरिशयनी एकादशीमा दिन तुलसीको बिरुवा बितरण गरिने भएको छ ।

धार्मिक दृष्टिले बिष्णु भगवानका प्रतिकका रुपमा तुलसी रोपेर यो एकादशीलाई मनाउने चलन छ ।  सबैभन्दा ज्यादा अक्सिजन उत्सर्जन गर्ने र बातावरणीय दृष्टिले अत्यन्तै पवित्र र विभिन्न प्रकारका औषधि निर्माणका लागि महत्वपूर्ण मानिने तुलसी घर घरमा राेपिने गरेकाे छ ।

पशुपति नाथ मन्दिरको पश्चिम ढोका छिने ठाउँ अर्थात् जुत्ता चप्पल राख्ने ठाउँबाट बिहान ७ बजेदेखि तुलसीका बिरुवा उपलब्ध गराउने जानकारी गराइएको छ ।

हरिशयनी एकादशीको पुण्य दिन पारेर पुडासैनी मैत्री समाजले पशुपति क्षेत्रमा तुलसी बितरण कार्य गर्दै आइरहेको छ । यो वर्ष पनि हरिशयनी एकादशीको अवसरमा पशुपति क्षेत्रमा राम तुलसी र कालो तुलसी गरि एकब्यक्तिलाई ३ तुलसीका दरले १० हजार तुलसीका बिरुवा नि : शुल्क रूपमा बाँड्न लागिएको हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here