ग्रीसको जंगलमा लागेको आगोले ठूलो क्षति भएकाे छ । आगोले मटी नाम गरेको गाउँ पूरै ध्वस्त गरेको बीबीसीले जनाएको छ ।आगलागीबाट ६० जनाभन्दा धेरैको ज्यान गएको अधिकारीहरुले बताएका छन् । आगलागीबाट ज्यान गुमाउनेको संख्या अझै बढ्ने अाशंका गरिएकाे छ ।
अहिले हजारौं अग्नी नियन्त्रकहरुले आगो निभाउने प्रयास गरिरहेका छन् । प्रधानमन्त्री एलेक्सीस सिप्रासले आगोबाट हुनसक्ने क्षति कम गर्ने प्रयास भैरहेको बताएका छन् ।
आगलागीले भौतिक संरचना, यातायात र घरहरु नष्ट बनाएको छ । आगो निभाउने प्रयास भइरहे पनि निभाउन अझै समस्या भएको बताइएको छ ।आगो के कारणले लाग्यो भन्ने अझै खुल्न सकेको छैन । आगोबाट अति प्रभावित क्षेत्रमा जहाजबाट पानी फाल्ने काम पनि भैरहेकाे छ ।
अधिकारीहरुले ड्रोनको सहायताले शंकास्पद क्रियाकलापको निरीक्षण गरिरहेको बताएका छन् । मटीमा सन् २००७ मा पनि यस्तै आगलागी हुँदा दजनौंले ज्यान गुमाएका थिए ।