खानैपर्ने रायोको साग

रायोको साँग सबै ठाउँमा सहज रुपमा पाइन्छ । भिटामिन–ए प्रशस्त पाइने रायोको साँग खाँदा यस्ता फाइदा हुन्छन ।

  • रायोको सागमा भिटामिन–ए प्रशस्त पाइने भएकाले यसले रतन्धोलगायत रोगबाट केटाकेटीलाई बचाउँछ ।
  • रुघा लागेमा रायोको दाना पिसेर यसलाई महमा मिसाई सुँघ्नाले सञ्चो हुन्छ ।
  • पाचनशक्ति कमजोर छ भने रायोको दाना पिसेर यसलाई तरकारीमा हालेर हप्तादिनजति खानाले पाचनशक्ति बलियो बन्दै जान्छ । यसो गर्नाले भोक नलाग्ने समस्या पनि हटेर जान्छ ।
  • रायोको गेडाको चूर्णलाई तातोपानीमा हालेर घोली कुल्ला गर्नाले दाँतको दुखाइ कम हन्छ ।
  • बच्चाको ओछ्यानमा पिसाब फेर्ने बानी छ भने उसलाई रायोको चूर्णलाई चिसोपानीमा मिसाएर पिलाउने गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here