प्रत्येक वर्ष श्रावण शुक्लपक्ष पञ्चमीका दिन बिहान सबेरै नुहाइधुवाइ गरी घरमा लिपपोत गरी घरको मूलढोकामाथि गोबरले नागको फोटो टाँस्ने गरिन्छ । त्यसमा गाईको दुध र दुबो चढाई पूजा अर्चना गरिन्छ ।
यस दिन विशेष गरी अष्टनाग अनन्त, वासुकी, पद्मनाभ, महापद्मनाभ, तक्षक, कुलीर, कर्कट र शंखपाल नागलाई पूजा गरिन्छ । आज ललितपुरको धापाखेल, कर्कोटक नागको बासस्थान टौदह र नक्सालको नाग पोखरीमा विशेष मेला लाग्ने गर्दछ । कपासको सर्प बनाएर पुजा गर्ने चलन पनि छ ।
सर्पको प्वालमा दुध, दुबो, गहु चौलानी राखिदिने र पूजा गर्ने चलन छ । यस दिन अरु सबै नाग र सर्प लगायात कालो रंगको नागको बिशेष पूजा गरिने परंपरा रहेको पाइन्छ । नागको पूजा गर्नाले सर्पको भयबाट मुक्ति पाइने बताइन्छ । नागमन्त्रको उचारणले मात्र पनि सर्पको टोकाईबाट बचिन्छ र सर्पहरु घर वरपर आउँदैनन भन्ने बिस्वास छ ।
नाग पञ्चमीका राेचक कथा
१) काठमाडौँ उपत्यका पहिले एउटा तलाउ थियो । उक्त तलाउको नाम टेथिस सगर थियो । त्यस सागरको पनि बाहिर निकाले र मान्छे बस्न योग्य बनाएपछि सम्पूर्ण नाग समाज रिसाए । उनीहरुलाई शान्त पर्न ठाउँ ठाउँमा नागको स्थानहरु बनियो र पुजा गर्न थालियो भन्ने जना बिस्वास पनि छ ।
२) कृष्ण भगवानले श्रावण शुक्ल पंचमीका दिन काली नाग माथि बिजय प्राप्त गरेर त्यस नागलाई शान्त गरेको उपलक्ष्यमा नाग पंचमी खुसियाली मनाउने चलन भंएको पनि मानिन्छ ।
३) भनिन्छ कस्यप ऋषिका १३ पतिहरु मध्ये कद्रूले ८ नागहरुलाई जन्म दिईन । ति नागहरु पातालका शासक भए । यी नागहरु धेरै शक्तिशाली र भयानक मानिन्छ । यिनको पुजा गर्नाले यी नाघरु शान्त रहने विश्वास गरिन्छ । यिनै ८ नागका नामहरु लेखेर ढोकामा टास्ने गरिन्छ ।
४) नागलाइ वर्षाको श्रोत पनि मानिन्छ । नाग रिसाएमा पानी नपर्ने र पानी नपरे खेतिबाली गर्न गार्हो हुने हुनाले पनि नागको पूजा आवस्यक मानिन्छ ।
५) बर्षात र गर्मी मौसममा सर्पको डर हुने भएकाले पनि यिनीहरुबाट सतर्क रहन र यिनीहरुलाई सन्तुष्ट पार्न नाग पुजा गर्ने भन्न चलन पनि रही आएको छ ।
६) एक राजाका सात पुत्र थिए । उनीहरू सबैको विवाह भइसकेको थियो । तीमध्ये ६ वटा छोराका सन्तान भइसकेका थिए । कान्छो छोरोको चाहिँ सन्तान भएको थिएन । कान्छी बुहारीलाई जेठानीहरूले बाँझी भन्दै गिज्याउँथे ।
यसैगरी दिन बित्दै जाँदा नागपञ्चमी आयो । नागपञ्चमीको अघिल्लो रात चौथीमा उनले सपनामा पाँचवटा नाग देखिन् । तीमध्ये एक नागले उनलाई सम्बोधन गर्दै भने, ‘हे पुत्री, भोलि नागपञ्चमी छ । तिमी हाम्रो पूजा गर । त्यसपछि तिमीले सन्तान पाउनेछौ ।’
त्यसपछि उनले पाँचवटा नाग देखेको भएर पाँचै नागको आकृति बनाएर पूजा गरिन् । यसरी नागलाई पूजा गरेको नौ महिनापछि उनलाई सन्तानलाभ भयो ।
७) कुनै गाउँमा एक किसान परिवार बस्थ्यो । किसानका दुई छोरा र एक छोरी थिए । एक दिन किसानले हलो जोत्दाखेरी नागका तीन बच्चाहरू त्यसमा किचिएर मरे । नागिनले पहिला त धेरै विलाप गरिन् अनि पछि आफ्नो सन्तानको हत्या गर्ने व्यक्तिसँग बदला लिने संकल्प गरिन् ।
राति आएर नागिनले किसान, उसकी पत्नी र दुवै छोरालाई डसिन् । छोरी चाहिँ मामाघर गएकीले बचिन् । भोलिपल्ट हल्लाखल्ला भएपछि मामाघरबाट छोरी आइन् । नागिन पनि उनलाई डस्नका लागि त्यहाँ आइपुगिन् । नागिनलाई देखेर छोरीले दूधको कचौरा अघि राखेर क्षमाप्रार्थना गरिन् ।
त्यसपछि नागिन प्रसन्न भएर मातापिता र दुवै भाइहरूलाई पुनर्जीवित गरिदिइन् । त्यो दिन श्रावण शुक्ल पञ्चमी तिथि परेको थियो । त्यही भएर नागहरूको कोपबाट बच्नका लागि यस दिन नागहरूको पूजा गरिन्छ ।