कालिमाटी तरकारी बजार सरकारको निरन्तर निगरानीमा

काठमाडौं – सरकारले कालीमाटी तरकारी तथा फलफूल बजारमा देखिएको एकाधिकारसम्बन्धी समस्यालाई एक हप्ताभित्रै समाधान गर्ने भएको छ । तरकारी व्यवसायको नाममा एकाधिकार मौलाएको भन्दै सरकारले सो बजारमा लगातार अनुगमन गरिरहेको छ ।

पसल तथा कबलको भाँडासमेत मनलाग्दी तवरले उठाएको र उपभोक्तालाई चर्को मारमा पारेको भन्ने गुनासो आएपछि कृषि तथा पुश पक्षी मन्त्रालयले चासो राख्दै समस्या समाधान गर्ने भएको हो । एकाधिकारका कारण किसान र उपभोक्ता दुवै समस्यामा परेको तथा विचौलियाले मात्रै नाफा कमाइरहेको अवस्थालाई तत्काल सम्बोधन गरिने कृषि तथा पुश पक्षीमन्त्री चक्रपाणि खनालले जानकारी दिनुभयो ।

मन्त्रालयमा आज आयोजित मन्त्रालय मातहतका निकायका प्रमुख तथा प्रतिनिधिसँगको छलफलमा मन्त्री खनालले किसान र उपभोक्तालाई समस्यामा पार्ने प्रवृत्तिबाट मुक्तिका लागि सरकारले कडाइपूर्वक प्रयास गरिरहेको बताउनुभयो । उहाँले तत्काल नै काठमाडौँ उपत्यकाका तीन स्थानमा एकीकृत कृषि बजार स्थापना गर्ने तयारीमा मन्त्रालय रहेको जानकारी दिनुभयो ।

यस्तै खेतीपातीको मौसममा नै सहजरुपमा किसानलाई रासायनिक मल वितरण गर्न उपयुक्त ढाँचा तयार पार्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको उपयुक्त सञ्चालन कार्यविधिका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्री खनालले निर्देशन दिनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नै मन्त्रालयको परिणाम निकाल्ने प्रमुख आयोजना भएकाले यसका काम कारवाहीलाई सधैँ नजिकबाट नियाली चनाखोपूर्वक परिणाममा ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here