चन्द्रागिरिको पर्यटन विकासका लागि बृहत् साइकल र्याली निकालिएको छ ।
‘चन्द्रागिरि पर्यटकीय नगरी राइड टू चन्द्रागिरि’ भन्ने नाराका साथ निकालिएको उक्त र्याली पुरानो नैकापबाट शुरु भई चन्द्रागिरिको दहचोक, वाडभञ्ज्याङ, थानकोट, चेकपोष्ट, मातातीर्थ, बलम्बु मक्षयनारायण, विष्णुदेवी, नयाँ नैकाप, तीनथान हुँदै पुनः पुरानो नैकापमा आएर सम्पन्न भएको थियाे ।
र्यालीमा करीब २५० वटा साइकल राइडरको सहभागिता थियो । र्यालीको उद्घाटन गर्दै प्रदेश नं ३ का पर्यटन, वन, उद्योेग तथा वातावरण सभापति रमा आलेमगरले चन्द्रागिरि महत्वपूर्ण पर्यटकीयस्थल भएर पनि व्यवस्थापन र प्रचारप्रसारको अभावले अझै पछाडि परेको बताए ।
सन् २०२० भित्र २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्यलाई सार्थक तुल्याउन चन्द्रागिरिको पर्यटन प्रवद्र्धन कार्यक्रम कोशेढुङ्गा साबित हुने विश्वास उहाँले व्यक्त गर्ए ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले पर्यटकीय सम्भावना बोकेको चन्द्रागिरिको पर्यटन प्रवद्र्धन र विकासमा सबै क्षेत्रको सहयोग र सद्भाव चाहिने धारणा व्यक्त गर्ए ।