यस्ताे कम्पनी जहाँ निर्वस्त्र तस्बिर राखे ऋण दिइन्छ

आवास कर्जा, गाडी कर्जा, शैक्षिक कर्जा आदि अनेक खालका कर्जाहरुको बारेमा त हामी सबैले सुनेकै छौँ ।

बैंकबाट ऋण लिँदा धितोको रुपमा केही न केही धरौटी राख्नै पर्छ भन्ने पनि हामीलाई थाहा भएकै कुरा हो । घरजग्गाको लालपुर्जा, अन्य खाले जिन्सी लगायतका सामान धरौटीमा राख्ने प्रचलन नौलो होइन । दुनियामै नौलो धरौटीको व्यवस्था गरेको चीनको Jiedaibao नामको कम्पनी अहिले चर्चामा छ।

यो कम्पनीले ग्राहकलाई अनलाइन मार्फत कर्जा प्रदान गर्दछ । कम्पनीबाट कर्जा लिनका लागि ठूलो लाइनमा बसेर फाराम भर्नु पर्दैन, कुनै एजेन्टको आवश्यकता पनि पर्दैन । यो कम्पनीले धरौटीको रुपमा लालपुर्जा तथा जिन्सीजस्ता चिज राख्दैन, उसले धरौटीको रुपमा कर्जा लिने महिलाका निर्वस्त्र तस्वीर लिएर राख्दछ ।

मात्र आफ्नो निर्वस्त्र तस्वीर धितो राख्न दिने शर्तको पालता गर्नुपर्दछ । उक्त तस्वीरमा महिलालाई निर्वस्त्र भएर आफ्ना परिचयपत्र सँगै फोटो खिचाएर दिनुपर्दछ । यदि यसो गरिसकेर लिएको ऋण निश्चित समयमा चुक्ता गर्न नसकेमा कम्पनीले निकै कडा कदाम चाल्दछ ।

ऋण समयमा चुक्ता नगरेको खण्डमा कर्जा लिने महिलाको नग्न तस्वीर उनीहरुका परिवार तथा आफन्तका बीच भाइरल गराइदिन्छ । साथै कम्पनीले कर्जा लिएर नतिर्ने महिलाको नग्न तस्वीर र पहिचानको पूर्ण विवरण सहित सोसल साइटमा पनि सार्वजनिक गरिदिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here