पर्वतमा सुत्केरी गाईभैंसीलाई भत्ता दिन शुरु

पर्वत- जिल्लाको जलजला गाउँपालिकाले गाईभैंसीलाई भत्ता दिने भएको छ । आर्थिक वर्ष २०७५/७६ को स्वीकृत कार्यक्रमअनुसार पशुपालक कृषकलाई पोषण भत्ता उपलब्ध गराउन थालिएको हो ।

पशुपालनप्रति कृषकलाई आकर्षित गराउन र पशुको स्वास्थ्यमा सुधार ल्याउन पोषण भत्ता दिन थालिएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिए ।

गाउँपालिकाले पशुमा कृत्रिम गर्भाधान गराउने कृषकलाई मात्रै भत्ता दिने व्यवस्था गरेको मल्लले बताए । प्रत्येक गाईभैंसीलाई एक बेतमा २ हजार ५ सय रुपैयाँ दिने कार्यक्रम रहेको गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिकाले पशुपालनका लागि चालू आर्थिक वर्षमा ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसमध्ये पशु सेवा शाखाले पोषण भत्ताका लागि ७५ हजार रुपैयाँ छुट्टाएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here