नेपाल एनिमल साईन्स एसोशिएसन (नासा) को राष्ट्रिय महाधिवेशन काठमाडौंमा सम्पन्न

काठमाडौं – नेपाल एनिमल साईन्स एसोशिएसन (नासा) को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सकिएको छ । कार्तिक २९ गतेदेखि ३० गतेसम्म चलेको महाधिवेशनले विभिन्न विषयमा छलफल गर्नुका साथै कार्यपत्र माथि छलफल गरिएको थियो ।
कार्यक्रम नासाका अध्यक्ष देवेन्द्रप्रसाद यादवको अध्यक्षता तथा कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री माननिय रामकुमारी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठ र सदस्य उदयचन्द्र ठाकुर, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिवद्वय डा. युवकध्वज जिसी र प्रकाश माथेमा, पशुसेवा विभागका महानिर्देशक डा. बिमलकुमार निर्मल लगायतको उपस्थिति रहेको थियो ।
दुई दिनसम्म चलेको महाधिवेसनको प्राविधिक सत्रमा पशुपंक्षी तथा मत्स्य अनुसन्धान र विकास सम्बन्धी ४७ वटा प्राविधिक कार्यपत्रहरु प्रस्तुत गरिएका थिए । साथै पशुपंक्षी तथा मत्स्यविज्ञान प्राध्यापन, अनुसन्धान र विकासमा महत्वपूर्ण योगदान पु¥याउनुहुने सेवानिवृत्त प्राध्यापकहरु, बैज्ञानिकहरु, अनुसन्धाताहरु, उद्योगीहरु र उत्कृष्ट कार्य गर्ने कृषकहरु लगायत २६ जना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
महाधिवेशनको बन्द सत्रमा महासचिव रुद्रप्रसाद पौडेलले नासाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष रामवली साहले आर्थिक प्रतिवेदन र विधान संसोधन समितिका संयोजक रामगोपाल आचार्यले विधान संशोधनका महत्वपूर्ण बुंदाहरु प्रस्तुत गरेका थिए ।महाधिवेशनमा सहभागी नासाका सदस्यहरुको पूर्ण भेलाले सर्वसम्मत रुपमा आगामी कार्यकालको लागि डा. श्रीराम प्रसाद नेउपानेको अध्यक्षतमा नयाँ नेतृत्व चयन समेत ग¥यो ।

नासाको नवगठित समितिको उपाध्यक्षमा श्री रुद्रप्रसाद पौडेल र डा. निराजन भट्टराई, महासचिवमा डा. लोकनाथ पौडेल, सचिवमा मेघराज ढकाल र सुजया उपे्रती, कोषाध्यक्षमा श्यामसुन्दर यादव र सदस्यहरुमा सूर्यप्रसाद शर्मा, लुमानिधी पाण्डे, राजेन्द्रप्रसाद श्रेष्ठ, गौरी थापा र सुवासकमल झा निर्वाचित भए ।महाधिवेशनले पशुपंक्षी र मत्स्यविज्ञानको अध्ययन, अनुसन्धान र विकासको माध्यमबाट देशमा स्वरोजगारी सिर्जना गरि उक्त क्षेत्रको उत्पादनमा देशलाई आत्मनिर्भर बनाउन नासाको तर्फबाट महत्वपूर्ण योगदान दिने संकल्प सहित ललितपुर घोषणापत्र जारी ग¥यो ।

नासाका नवनिर्वाचित अध्यक्ष डा. श्रीराम प्रसाद नेउपानेको अध्यक्षतामा सम्पन्न समापन समारोहको प्रमुख अतिथिको रुपमा राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्र बहादुर श्रेष्ठले नयाँ कार्यसमितिका सम्पूर्ण सदस्यहरुलाइ बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नासाको विज्ञता र यसले गरेका घोषणा र निर्णयहरु नेपालको पशुपंक्षी र मत्स्यपालन क्षेत्रलाई समेटी राष्ट्रिय किसान आयोगले बनाउने नीतिलाई महत्वपूर्ण मार्गदर्शक हुने संस्थाका उपाध्यक्ष डा. निराजन भट्टराईले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here