गहुँको खैरे सिन्दुरे रोग पुक्सिनिया नामाक ढुसीको कारणले लाग्ने रोग हो । नेपालमा यस रोगको उचित समयमा उचित व्यवस्थापन गर्न नसकेका कारण वर्षेनि गहँुको उत्पादनमा निकै असर गरेको पाइन्छ । यस रोगका लक्षण कस्ता हुन्छल त ? र रोग कसरी व्यबस्थापन गर्ने ?
रोगको लक्षण: पातको माथिल्लो सतहमा सुन्तला रंगका फोकाहरु देखिन थाल्दछन् । ती फोकाहरु छुट्टाछुट्टै रहेका हुन्छन् । रोगको आक्रमण बेर्ना अबस्था देखि बोटको वयस्क अबस्था सम्म हुन्छ । फोकाहरु पातको दुवै तिर देखा पर्दछन् तर धेरै जसो माथिल्लो सतहमा नै हुन्छ । यसलाई हातले छोएमा सिन्दुर जस्तो पाउडर (युरेडिया) औंलामा टासिन्छ ।
रोगको श्रोत र फैलिने वाताबरण: रोग बृद्धिका लागि १०-१५ डिग्री सेल्सीयस तापक्रम तथा प्रशस्त सापेक्षिक आद्रता चाहिन्छ । यस्तो उपयुतm वातावरण, संबेदनशिल गहुँुंको जात र सशक्त सिन्दुरे रोगका जीवाणुहरु भयो भने रोगले चाडै नै भिषण रुप लिन्छ । युरेडोस्पोर अबस्थामा रहेका ढुसीले गहुँ पाक्ने अबस्स्थामा अर्को रुप लिन्छ जसलाई टेलियोस्पोर भनिन्छ । गहुँको सिजन सकिए पछि यो अवस्था बैकल्पिक आश्रयदाता बिरुवा चुत्रोमा मध्य नेपालमा फाल्तु समय विताउँछ । अर्को वर्ष गहुँ लगाए पछि पुनः आक्रमण गर्दछ ।
रोग व्यबस्थापनका उपायहरु:
रोग अबरोधक वा रोग कम लाग्ने जात जस्तै बि.एल. १४७३, भृकुटी, अच्युत, गौतम र बिजय लगाउने । सिफारिस गरिए अनुसार मलखादको प्रयोग गर्ने र ठीक समयमा गहुँ छर्नुपर्दछ । रोग फाटफुट देखिनासाथ म्यान्कोजेव ७५ डब्लुपि नामक विषादी ३ ग्राम प्रति लिटर पानीका दरले वा प्रोपिकोनाजोल २५% इसि विषादी १ मि.लि.प्रति लिटर पानीका दरले मिसाई १५ दिनको फरकमा २(३ पटक बोट भिज्ने गरी छनुपर्दछ । विषादीको प्रयोग गर्नुपहिला कृषि प्राविधिकको सल्लाह लिनु उपयुतm हुन्छ ।
glabrata, which are resistant to fluconazole and flucytosine priligy online pharmacy To facilitate FM 4 64X dye reaching the cochlea in adults, furosemide 400 mg kg, i
Increases in its outcome value R2 apparent relaxation rate, expressed per second corresponded to higher local deoxyhemoglobin levels and thus lower oxygenation [url=https://fastpriligy.top/]viagra priligy[/url]