नेपाल र विदेशमा पर्याप्त बजार भएकाे किवि खेती यसरी गर्नुहाेस

नेपालमा किवि खेती उन्नतीको लागि राम्रो सम्भावना बोकेको खेती हो । यो अण्डा आकारको फल हो, जो बोटमा लहरामा झुण्डिएको शैलीमा फल्छ । बाहिर काँडा अर्थात झुस जस्तो हुन्छ भने काटेर हेर्दा हल्का हरियो रंगमा गुदी देखिन्छ । किविलाई उसिनेको आलु जसरी बोक्रा छोडाएर वा चम्चाले गुदी झिकेर खान सकिन्छ ।

यो निकै पोषिलो र औषधीय गुण समेत भएकाले यसको माग बढेको हो । किवि नियमित खानाले पाचन प्रणाली ठीक हुने, मधुमेह नियन्त्रण हुने, लामो समयसम्म जवान देखिने, भिटामिन सीको कमी पुर्ति गर्ने लगायतका फाईदाहरु छन् ।

‘फलहरुको राजा’ र ‘द सुप्रिम फ्रुट’ को उपाधि पाएको यो फल नेपालको लागि निकै नयाँ र आयमुलक फल हो । एक रोपनी जमिनमा १५ वटा सम्म किवि फलको विरुवा लगाउन सकिन्छ । विरुवा लगाएको पहिलो वर्ष २ पटक मल र ४–५ पटक गोडमेल गरेर पुग्ने यो फल ताजा फलफुल मध्ये विश्वकै नयाँ र महँगो फल पनि हो ।

मलेसियाको डि.एन.एक्स. कम्पनिका अनुसार आधा टुक्रा किवि फलमा प्रशस्त । ताजा फलको रुपमा र जुस, जाम, वाइन, जेल्ली, आइसक्रिम, केक, बिस्कुट र अरु धेरै परिकार बनाइ यसलाई सेवन गर्न सकिन्छ ।

उत्पादन :
बिरुवा लगाएको २–३ बर्ष देखि उत्पादन सुरु गर्ने किविको बिरुवाले करिब ४० देखि ६० बर्ष सम्म नै निरन्तर उत्पादन दिने गर्दछ । सातौँ बर्ष देखि किविले राम्रो गुणस्तर सँगै उत्पादन पनि एउटै बिरुवाले ५० देखि १०० किलो सम्म फल फलाउँछ ।

वातावरण :
यो फल नेपालको भुगोल अनुसार १२०० देखि २४०० मिटरको उचाइमा लगाउन सकिन्छ । गर्मीको समयमा ३५ डिग्री सेल्सियस भन्दा तापक्रम बढी नभएको र शरद (असोज, कार्तिक) र बसन्त (चैत, बैशाख) मा बाक्लो तुषारो नपर्ने वातावरणमा किवि राम्रो फस्टाउँछ । हिउँदमा पात झर्ने भएकोले हिउँ पर्दा खासै असर नगर्ने यस विरुवालाई असिनाले भने असर गर्दछ र यसबाट बचाउन हिउँदमा जाली ओढाउन सकिन्छ ।

बजार :

नेपालमा किवि प्रति किलोग्राम ४०० देखि ८०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ भने यो फल प्रशस्त उत्पादन गरी विदेश निर्यात गर्न सकेमा लाखौँ विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।

खेती प्रविधि र लगाउने विधि :

-२ फीट को खाडल खनेर मल र माटोको मिश्रण राख्ने ।त्यसपछि नया पालुवा आउन अधिको विरुवालाइ रोप्ने ।

-हिउदको समयमा पानीको राम्रो व्यवस्थापन गर्न सकिन्छ भने हिउदमा पनि राम्रो संग यसलाइ लगाउन सकिन्छ ।

-स्याहार सुसार राम्रो संग गरेर एक पटक हुर्काएको विरुवालाई हुर्किसकेपछि त्यति धेरै हेरचाह गर्नु नपर्ने ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here