इच्छा भए नेपालमा नै प्रशस्त सम्भावना-मन्त्री लामा

कृषि डेली – प्रदेश नम्वर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले काम गर्ने इच्छाशक्ति हुनेका लागि नेपालमै प्रशस्त सम्भावनाहरु रहेको बताउनुभएको छ । आज ललितपुरको लगनखेलमा पशु प्रजनन तथा कृतिम गर्वधान सम्वन्धी २ हस्ते तालिमको समापन गर्दै मन्त्री लामाले काम गर्ने जाँगर हुनेहरु बिदेसिनु नपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘नेपालमा प्रसस्त सम्भावनाहरु छन्,योजना बनाएर काम गर्नुहोस सरकारले सहयोग गर्र्छ ।’ पछिल्लो समय व्यवसायीक र सामूहिक खेती तथा पशुपालन फस्टाउन थालेको भन्दै उहाँले परम्परागत खेती प्रणालिबाट कृषिमा आत्मनिर्भर सम्भव नरहेको बताउनुभयो ।
प्रदेश ३ को कृषि मन्त्रालयले किसानलाई निरास हुन नदिने किसिमका कार्यक्रम संचालन गर्ने बताउनुभयो । प्रदेशलाई संमृद्ध बनाउन कृषिबाट मात्र सम्भव भएकाले सबैको ध्यान यसमा केन्द्रित हुनुपर्ने मन्त्री लामाको जोड छ ।

२ गतेदेखि संचालन भएको तालिम आज समापन भएको हो । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ काठमाण्डौंको आयोजनामा भएको कार्यक्रमको संयोजन पशु सेवा तालिम केन्द्र लगनखेल ललितपुर रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here