जेठ ३२ गतेदेखि रामपुरमा कृषि प्रदशनी तथा कृषक मेला हुने

चितवन – कृषि तथा वन विज्ञान विश्रविद्यालयको दशौं स्थापना दिवसको अवसरमा कृषि प्रदशनी तथा कृषक मेला हनुे भएको छ ।

नेपालको कृषि क्षेत्रको समूल सुदृढिकरण गर्दै देशको आर्थिक सबलिकरणमा टेवा पुर्याउने उद्देश्यले स्थापित कृषि तथा वन विज्ञान विश्वविद्यालयले अघिल्ला वर्षहरुमा पनि यस्ता कार्यक्रमहरु गर्दै आएको थियो ।

यो वर्ष आयोजना हुने कृषि प्रदर्शनी तथा कृषक मेला जेठको ३२ देखि असार ३ गतेसम्म आयोजना हुने विश्रविद्यालयले जनाएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवन परिसरको परिसरमा हुने मेलाका आकर्षण यस्ता रहको छन् ।

कृषि प्रबिधिको प्रदर्शनी

कृषि यान्त्रिकरणको प्रदर्शनी

बिभिन्न्न रैथाने बाली प्रदर्शनी

कृषि सम्बन्धि सेमिनार, गोष्ठी एवं अन्तरक्रिया कार्यक्रम

बाली बिमा सम्बन्धि सुबिधा

बैंकिंग सुबिधा

बाली उपचार शिविर

कृषि सम्बन्धि बिउ, बिषादी, मल र अन्य उपकरणको प्रदर्शनी एवं खरिद

बिक्रि सुबिधा

कृषि सम्बन्धि पुस्तक एवं प्रकाशन वितरण

रैथाने बालीको परिकारको प्रदर्शनी

उन्नत बिधि र प्रबिधिको स्थलगत प्रदर्शनी

धान उत्पादनका लागि उन्नत खेति तालिम

कृषिसँग सम्बन्धित विभिन्न संघ संस्थाको प्रदर्शनी

विभिन्न परिकारका खाजा स्टलहरु

मेलामा प्रवेश निशुल्क हुनेछ ।  मेलाले कृषक, विद्यार्थी, कृषि पेशाकर्मी, कृषि प्राबिधिक, कृषि उद्यमी एवम् कृषि मेसिनरी व्यवसायी विच सहकार्य, अन्तरक्रिया र समन्वयलाई थप प्रभावकारी रुपमा अगाडी बढाउदै यस कृषि क्षेत्र र समग्र देशकै उत्पादकत्व बढाउदै समृद्ध नेपाल निर्माणमा सहयोग पुर्‍याउने विश्रास विश्रविद्यालयले लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here