गैंडाकोट नगरपालिका गण्डकी प्रदेश अन्र्तगतको नवलपरासी जिल्लामा रहेको छ । वि.सं २०७१ साल बैशाख २५ गते साविकका गैंडाकोट, मुकुन्दपुर, अमरापुरी र रतनपुर ४ वटा गाउँ विकास समिती समावेश गरी गैंडाकोट नगरपालिका घोषणा भएको हो । २०७१।२।७ बाट कार्यानवयनमा आएको गैडाकोट नगरपालिकामा १८ वटा वडा रहेका छन् ।
गैडाकोट नगरपालिकाको मुख्य आम्दानीको श्रोतमा खेती, किसान पशुपालन, दुग्ध उत्पादन रहेको छ । कृषिबाट नै समृद्ध नगरको सपना देखेको गैडाकोट नगरपालिकाले स्थानीय तह निर्वाचनयता कृषि तथा पशुापालनको क्षेत्रमा निकै प्रंशशनीय काम गरेको छ । विकास प्रेमी नेताको रुपमा आफ्नो छवी बनाउनुभएका मेयर छत्रप्रसाद पौडेलले गैंडाकोट नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने योजा रहेको बताउनुभयो । यो आर्थिक वर्षमा गैंडाकोट नगरपालिकाले कृषि र पशुपालनको क्षेत्रमा गरेको मुख्य कामहरु निम्नानुसार रहेका छन् ।
– व्यवसायिक तरकारी उत्पादन कार्यक्रम
– फलफुलविकास कार्यक्रम
– आधुनिक कृषि तालिम
– ८० प्रतिशत अनुुदानमा हिउँदे फलफुल विरुवा वितरण
– पकेट क्षेत्र लक्षित कार्यक्रम
– अदुवा बेसार खेती विकाश कार्यक्रम
–विउ वितरण
– मौरि विकास कार्यक्रम
– मौरि घार वितरण ८० प्रतिशत अनुदानमा
– अनुदानमा मौरि मौरि उपकरण साम्रगी वितरण
– च्याउविकास कार्यक्रम
–च्याउ स्पान वितरण सम्पूर्ण अनुदान
माटो परीक्षण कार्यक्रम
–कृषक प्रोफाइल
–सामुदायिक नर्सरी
–कृषक संजाल गठन