असार १५ मा दही, चिउराको महत्व किन ?

असार १५ गतेलाई सरकारले नै धान दिवसको रुपमा मनाउन थालेको छ । ‘मानो रोपेर, मुरी उब्जाउने’ उक्तिले पनि यो समयको महत्वलाई दर्शाउछ ।

यसै कारण पनि सरकारले किसानको प्रोत्साहनका लागि दिवस मनाउन थालेको होला । असार १५ गतका दिन धान रोप्ने र दहि, चिउँरा खाने चलन पनि हाम्रो समाजमा रहँदै आएको छ ।

देशका कतिपय ठाउँमा यसअघि नै रोपाईँ सुरु भइसकेको अवस्था भएपनि असार १५ कै दिन रोपाईँ गर्नुको महत्व बेग्लै छ । हिलोमा रमाउँदै धान रोप्नुको जति महत्व जति छ यही दिनलाई छोपेर दही चिउरा खानुको पनि उत्तिकै महत्व छ ।

दही चिउरा खाने चलन परम्परादेखि नै चल्दै आएको पाइन्छ । तर,यो पम्पराको सुरुवात कहिलेदेखि सुरु भयो भन्नेमा कुनै इतिहास नभएपनि धानखेतीको प्रारम्भ भएसँगै सुरु भएको बताइन्छ ।

संस्कृतिविद्हरुका अनुसार धानखेतीको प्रारम्भ भएसँगै असारमा चिसो आलीको डिलमा बसेर रोपाईको काम सकिएपछि दहि चिउरा खाने गरिएको र पछिल्ला समय यो परम्परा परिस्कृत हुँदै रोपाईमा मात्रै नभएर घरघरमै खाने चलन बसेको हो । यद्यपी यसको सुरुवात कहिले भयो भन्ने स्पष्ट प्रमाण भने भेटिएको छैन ।

नेपाली समाज आधुनिकतातर्फ उन्मुख भइरहेको अवस्थामा पनि दही चिउरा खाने परम्परा कायमै रहनु सकारात्मक भएको कतिपयको बुझाई छ ।

पछिल्ला वर्षहरुमा असार १५ मा दही चिउरा खानै पर्छ भन्ने मानसिकता मानिसहरुमा विकास भइरहेको छ । यही भएर शहर बजारमा समेत दही चिउराको जोहो गरेर खाने गरिएको छ ।

ग्रामिण क्षेत्रमा किसानहरुले आफ्नै घरमा दुधालु पशुपालन गर्ने र नभएका हरुले पनि छरछिमेकबाट मागेरै भएपनि परिवारका साथ होस् या रोपाईँमा आलीको डिलमा बसेर होस् दही चिउरा खाएर मनाउँने गरेका छन् ।

तर शहरी क्षेत्रमा पशुपालन र खेतीपाती पनि कम हुने भएकाले परम्परा धान्नकै लागि व्यावसायिक डेरीहरुबाट दही गरिद गरेरै भएपनि दहि चिउरा खाने गरेका गरिएको छ ।

असार १५ मा किन दही चिउरा खाइन्छ ?

माथि उल्लेख गरिएझैं दही चिउरा खानु एउटा पुरानो परम्परा भएपनि यो संस्कृतिकै रुपमा विकास भइसकेको छ ।

भनाई नै छ, ‘१५ असारमा दही चिउरा १५ साउनमा खिर’ यतिमात्रै होइन, जनैपूर्णिमामा क्वाटी, माघेसक्रन्तीमा तरुल, घिउ ,चाकु आदी खाइने परम्परा छ । यि सबै सांस्कृतिक परम्परा भएको र असार १५ पनि एक हो भने यी सबै विषेश अवसरको आफ्नै महत्वको रहेको छ ।

अरु अवसरको महत्व जेजस्तो भएपनि असार १५ को दिन दही चिउरा खानाले काममा जाँगर आउने, शरीरको आलश्यता हट्ने र रोपाइँ कार्यका लागि शरीर फूर्तिलो हुने जनविश्वास रहेको छ । यसै पनि गर्मी र बाफिलो मौसम त्यसमा दही चिउरा खाँदा शीतलता भने पक्कै प्रदान गर्छ नै ।

दहिमा कार्बोहाइड्रेट , चिनी र बोसोको न्यून हुने हुनाले यसले धेरै अलस्य गराँउदैन । दहीमा शरीरलाई चिसो रख्ने एक प्रकारको इन्जाईम हुन्छ हुन्छ, जसले शरीरलाई चिसो रख्न मदत गर्छ । असारको गर्मीमा खेतमा धान रोप्दा दही चिउरा खानाले शरिरलाई सन्तुलित राने र दहिमा भिजामिन बी र सी पनि हुने हुनाले दही खानाले काम गर्न शक्ती र जोश पनि प्रदान गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here