बजारमा हरियो तरकारी छोइनसक्नु, व्यापारि भन्छन आयात कम, किसानको गुनासो उचित मूल्य पाएनौ

काठमाडाैं। केही महिना अगाडी भन्सार चेकजाचका कारण भारतिय तरकारी आयात ठप्प भयो । भारतको नाका हुँदै आउने हरियो तरकारीमा अत्याधिक विषादी हुने गरेको भन्दै भन्सारमा चेकजाच गर्न खोज्दा भारतले तरकारी आयात नै रोक्यो । त्यसको प्रभाव नेपालमा पर्यो । नेपाली बजारमा हरियो तरकारी छोइनसक्नु महँगो भयो । पछि सरकारले भन्सार चेकजाचमा खुकुलो गर्यो ।

त्यसयता तरकारी आयातमा समस्या छैन । तर पनि नेपाली बजारमा हरियो तरकारी सस्तो भएन । फेरी व्यापारीले चाडबाडको नाममा तरकरीको मूल्य बढाए । अब त चाडबाड पनि सकिए, आयातमा पनि समस्या छैन, तर पनि तरकारीको मूल्य भने घटेको छैन ।

दैनिक भान्सामा प्रयोग हुने आलु, प्याज जस्ता खाद्यान्न अहिले बजारमा छोइ नसक्नु छ । अहिले आलुको मुल्य प्रतिकिलो ७० देखि ८० रुपैयाँ पुगेको छ भने गोलभेडा प्रतिकिलो सयदेखि एक सय २० र प्याज १ सय १० रुपैयाँसम्म पुगेको छ ।

माग अनुसारको आपूर्ती नहुँदा बजारमा हरियो तरकारीजन्य खाद्यान्नको मूल्य बढेको व्यापारी बताउँछन । तर किसान भने उचित मूल्य नपाएको भन्दै गुनासो गर्छन । यसमा सरोकारवाला निकाय के हेरेर बसेको छ त ।

विभिन्न बहानामा व्यापारीले तरकारीको मूल्य अस्वभाविक रुपमा बढाएका छन । किसान लागत पनि उठन सकेन भनेर गुनासो गर्ने अनी उपभोत्ता तरकारी किनेरै खान नसक्ने अवस्थामा पुग्दा बीचको रकम कहाँ गएको छ त ? यसमा सरकार गम्भिर हुनुपर्ने । तर सरकार यसमा उदासिन देखिन्छ । सरकारको उदासिनता अनी व्यापारिको मनलाग्दो मूल्य बृद्धिले उपभोत्ता भने प्रत्यक्ष मारमा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here