चितवन । नेपाल जनस्वाथ्य प्रतिष्ठान र जिल्ला समन्वय समिति चितवनको आयोजनामा रासायनिक विषादीको प्रयोग र यसले स्वास्थ्यमा पारेको प्रभावबारे सर्वेक्षण सम्पन्न भएको छ । चितवनका विभिन्न ठाउँमा गरिएको सर्वेक्षणमा कृषि तथा स्वास्थ्यसँग सम्बन्धित १४ जना सहभागि भएका थिए ।
सर्वेक्षणमा भरतपुर महानगरपालिकाका २३७, खैरहनी नगरपालिकाका १३४, कालिका नगरपालिकाका ८७, राप्ति नगरपालिकाका १२५, रत्ननगर नगरपालिकाका ८७, माडी नगरपालिकाका ७१, इच्छाकामना गाउँपालिकाका ४९ गरी कुल ७९० नमुना संकलन गरिएको थियो । सर्वेक्षणमा क्रममा विषादी जस्तो संवेदनशिल कुरामा किसानहरु सचेत भएता पनि अधिकाशंले लापरवाही गर्ने गरेको सर्वेक्षणमा सहभागिहरुले बताए ।
१० दिनसम्म चलेको सर्वेक्षण पछि रासायनीक विषादीको प्रयोग र स्वास्थ्यमा पारेको प्रभावबारे अन्तक्रिया कार्यक्रम पनि गरिएको छ । अन्तक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति, कृषि ज्ञान केन्द्र, स्वास्थ्य कार्यालय, भरतपुर महानरपालिका, कालिका नगरपालिका, रत्ननगर नगरपालिका, इच्छाकामना गाउँपालिका तथा अन्य सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधी लगायत करिब ४० जना सहभागि भएका थिए ।