भित्र्याउने समयमा चैते धानको बाला सुक्न थालेपछि किसान चिन्तित

चितवन । चैते धान भित्र्याउने समयमा बाला सुक्न थालेपछि चितवनका किसान चिन्तित भएका छन् । धानको बाला एक्कासी सुक्ने र त्यसले खेतका सबै धानका बालामा समस्या सिर्जना गरेको किसानको गुनासो छ ।

अहिले चितवनमा ६ हजार हेक्टरभन्दा धेरै क्षेत्रमा चैत धान रोपिएको छ । जसमध्ये ५ सय हेक्टर क्षेत्रफल भन्दा धेरैमा बाला सुक्ने समस्या आएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिनुभयो । विशेष गरी चितवनको खैरहनी नगरपालिकामा लागाइएको धानमा यो समस्या देखिएको उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here