कृषि विधेयकको विरोधमा भारतभर चक्काजाम

भारतका दुवै सदनबाट पारित भइसकेको कृषि विधेयकको विरोधमा आज किसानहरुले भारतभर चक्काजाम गरेका छन् ।

सरकारले कृषि विधेयकलाई किसानको हितैषी भनेको छ र यसबाट किसानहरुको आय बढ्ने दाबी गरेको छ । तर, किसान संगठनहरुले भने यो विधेयकले कृषि क्षेत्रलाई कर्पोरिटको हातमा सुम्पिने भन्दै विरोध जनाएका छन् ।

भारतीय किसानहरुको आन्दोलनको प्रभाव सबैभन्दा धेरै पन्जाब र हरियाणामा परेको छ । पन्जाबमा बिहीबारदेखि नै रेल रोक्ने अभियान चलाइएको थियो ।

भारतीय किसान आन्दोलन समन्वय समितिको अगुवाईमा किसानहरु आन्दोलनमा उत्रिएका हुन् । यो समितिमा किसानहरुका बिभिन्न १२ संगठन सामेल छन् र यी संगठनहरु कुनै पनि राजनीतिक दलसँग सम्बन्धित नरहेको बताइन्छ । उत्तर प्रदेश, मध्य प्रदेश, कर्नाटक, तमिलनाडु, पन्जाब र हरियाणामा किसान संगठनको प्रभाव धेरै छ ।

किसानहरुको यो आन्दोलनमा राजनीतिक दललेसमेत साथ दिएका छन् । पन्जाबमा सत्तारुढ भारतीय जनता पार्टी बाहेकका सबै राजनीतिक दलले किसानहरुको आन्दोलनमा समर्थन जनाएका छन् । कांग्रेसले त किसानहरुको आन्दोलनमा सहभागी नै हुने घोषणा गरेको छ ।

उत्तर प्रदेशमा समाजवादी पार्टीले पनि सरकारले ल्याएको कृषि विधेयकको विरोध गर्दै किसानहरुले आयोजना गरेको चक्काजाममा सहभागी हुने जनाएको छ ।

किसानहरुको आन्दोलनबाट सबैभन्दा धेरै पन्जाब प्रभावित हुने गरेको छ । यस पटक पनि पन्जाबका २ सय बढी स्थानमा प्रदर्शन हुने र सबै रेल सेवा रोक्ने घोषणा भारतीय किसान युनियनका नेताहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here