कृषि तथा वन विज्ञान विश्वविद्यालयले माग्यो खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार माग गरेको छ। शैक्षिक प्रशासनमा विशिष्टता प्राप्त गरेका व्यक्तिहरूबाट व्यक्तिगत विवरण र सोचपत्रसहित दरखास्त आह्वान गरेिएको विश्वविद्यालयले जनाएको छ।

रजिष्ट्रार नियुक्ति उपकुलपतिको सिफारिसमा कुलपतिसमेत रहेका प्रधानमन्त्रीबाट हुने विश्वविद्यालय ऐनमा उल्लेख गरिएको छ। दरखास्त दिनका लागि विश्वविद्यालयले आजदेखि एक साताको समय निर्धारण गरेको छ ।

इमेलबाट पनि व्यक्तिगत विवरण र सोचपत्र पठाउन सकिने विश्वविद्यालयले जनाएको छ। इमेलबाट विवरण पठाउँदा मा पठाउनु पर्नेछ । सरकारले एक साता अघिमात्र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको थियो।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here