नेपालमा चरा गणना : पानीमा आश्रित ५५ प्रजातिका चरा भेटिए


चितवन । चितवनमा पानीमा आश्रित ५५ प्रजातिका चरा भेटिएका छन् । नेपाल पंछी बिट संघ, वर्ड एजुकेशन सोसाइटी चितवन, हिमालयन नेचर र चितवन राष्ट्रिय निकुञ्जले संयुक्त रुपमा गरेको गणनामा पानीमा पाईने ५५ प्रजातिका चरा भेटिएका हुन् ।

नेपालमा हरेक वर्ष चरा गणना हुने गरेको छ । चरा गणनाको क्रममा अघिल्लो बर्ष देखिएका चराहरु यसपालि नदेखिएको बताइएको छ भने गतबर्ष नदेखिएका लामढुडे हाँस, सीन्दुरे हाँस, नाहुन हाँस, कैला टाउँके हाँस, प्रवालपाढ यो बर्ष देखिएका छन् ।

त्यस्तै अघिल्लो वर्ष देखिएका सिउँडे, डुबुल्की चरी, चित्राङ्गढ, कालोटाउके, गंगा चिल, राजगंगा चील यसपटक नदेखिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here