महिलाहरुको कृषक समुहलाई प्रबासबाट युवाहरूको आर्थिक सहयोग

सल्यान – ‘हामी नयाँ युवाहरूको सोच,कृषिमा आर्थिक उन्नतिको खोज,’ भन्ने नाराका साथ कपुरकोटका महिलाहरुले समुह मार्फत तरकारी खेती गर्ने भएका छन । साबिकको सिनबाङ गाविस वडा नम्बर १ र वडा नम्बर २ कपुरकोट –६ सिनबाङ सल्यानमा समुह गठन गरेर तरकारी खेती गर्न लागिएको समुहका अध्यक्ष तिला वलीले बताउनु भयो ।

कपुरकोटमा उत्पादन भएको तरकारी जिल्लामा मात्र नभई छिमेकी जिल्लाहरुमा पनि विक्र हुने गर्दछ । विषादी रहित यहाँ उत्पादन भएका तरकारीको उत्पादन बढाउन हामी समुह मार्फत खेती गर्ने निर्णय गरेका छौं समुहकी अध्यक्ष वलीले भन्नु भयो ।

स्थानीय स्तरमा किसानहरुले अहिले आधुनिक कृषि तिर आकर्षण बढ्न थालेको थाहा पाएपछि मलेसियामा रहेका कपुरकोट ६ सिनबाङ्का युवाहरूले आर्थिक सहयोग समेत उपलब्ध गराएका छ्न। किसानहरुलाई प्रोत्साहित गर्ने उदेश्यले विदेशमा रहेका युवाहरुले सो समुहलाई २० हजार ८ सय ८६ रुपैयाँ सहयोग गरेको छ ।

हाल मलेसियाम रहेका समुहका विशिष्ट सल्लाहकार तारा प्रसाद एम सिले १३हजार ५८ रुपैयाँ,.प्रमुख सल्लाहकार लाल ब.महताराले ४हजार २सय ६०रुपैयाँ,समुहका सल्लाहकारहरु जीवराज बुढाथोकीले १ हजार,देवराज महताराले ७ सय ५०,हिमराज बोहराले ७सय ५० ,भक्तबहादुर महताराले ५सय२०,.चन्द्र बुढा मगर.प्रेम सुनुवार लगायतकाले सो रकम संकलन गरि पठाएको जनाएको छ ।

महिला कृषकहरुको तरकारी खेती तर्फको आकर्षण र उत्पादन बढाउने उद्देश्यले समुहलाई सो रकम उपलब्ध गराएको हो समुहका प्रमुख सल्लाहकार लालबहादुर महताराले भन्नु भयो । आधुनिक कृषि प्रबिधि सगै अन्य सामाजिक कार्यमा यसै समुह मार्फत हातेमालो गर्दै काम गर्ने समुहकी सचिव नन्दा बस्नेतले बताउनुभयो ।

स्थानीय स्थरमा किसानलाई आधुनिक कृषि तिर प्रोत्साहित गर्ने उदेश्यले आफुहरुले रकम संकलन गरि पठाएको हाल मलेसियामा रहेका युवा तारा प्रसाद एमसिले जानकारी दिनुभयो ।

कृषिलाई आधुनिकिकरण गर्ने उद्देश्यले तिला वलीको अध्यक्षतामा भर्खरै २१ सदस्यीय नव सिर्जनशील कृषक समुह गठन गरिएको छ । जस्को उपाध्यक्ष रिता महतारा , नन्दा बस्नेत सचीव , भिमा महतारा सह सचीव , प्रेम कुमारी महतारा कोषाअध्यक्ष रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here